धरान/    धरान ६ स्थित वडा समितीले कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा जेष्ठ नागरिकलाई लौरो सहित सम्मान  ।

आज आफ्नो पितालाई छोराछोरी श्रद्धाभाव पुर्वक सम्मान गर्दै आर्शीवाद लिदैछन् । 

 लौरो अनि दोसाल्लाले सम्मानित भएपछि जेष्ठ नागरिकको मुहारमा बेग्लै खुशी र उमंग छाएको देखिन्यो । 

भरिभराउ जेष्ठ नागरिकहरुको उपस्थित,भीँडभाँड उस्तै ,चर्को गर्मी तर सवैलाई भ्याई नभ्याई देखिन्थयो ।

कोही सम्मािनत हुदै थिए भने कोही पालो पर्खेर प्रतिक्षामा थिए । तर पनि जेष्ठ नागरिकहरुलाई सास्ती थिएन ।

सबैलाई कुर्सी सहित बसालिएको थियो । अनि अग्रज र वडाका जनप्रतिनिधीहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै उनीहरुको मुहारमा खुशी छर्दै थिए ।

शनिबार धरान उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालयमा देखिएको दृष्य हो । वडाको सबै जेष्ठ नागरिकहरु जम्मा भएका थिए ।

सबैजना गरि झण्डै एक सयभन्दा बढीको सहभागिता थियो । ६ नम्बर वडा समिति धरानले कसु औंसी अर्थात बावुको मुख हर्ने दिनको अवसरमा जेष्ठ नागरिकहरुको भेला,सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा भएको हो ।

वडा समितीले निरन्तर रुपमा जेष्ठ नागरिकलाई यसरी विगत तीन बर्षदेखि सम्मान गर्दै लौरो र दोसल्ला प्रदान गर्दै आएको वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताए । उनले भने,हामी वडामा जनप्रतिनिधी भएर आएपछि जेष्ठ नागरिकलाई सम्मान सहित खुशी प्रदान गर्दै आएका होै,यस्ले आमाबुवा प्रति सम्मान वडाले गरेको हो।

नेपाल रे्डक्रस सोसाइटीका रतm सन्चार केन्द्र वीपी अस्पताल धरानका संयोजक वासुदेव गौतमले वडा नम्बर ६ मा जेष्ठ नागरिकहरुको छुट्टै आधिकारिक रुपमा संस्था दर्ता पनि भएको् र वार्षिक रुपमा कार्यक्रमहरु समेत हुदै आएकाले वडा आफैंले गरेको यस्तो सम्मान प्रति धन्यवाद दिए । 

कार्यक्रममा सम्मानका साथै जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित विदाई गरिएको थियो । जेष्ठ नागरिकले यसरी वर्षेनी आमन्त्रण गरेर सम्मान गर्दा उनीहरुले जनप्रतिनिधीलाई आर्शीवाद र धन्यवाद दिए ।

सो अवसरमा बोल्दै ज्येष्ठ नागरिक सञ्जाल धरानका अध्यक्ष हरिबहादुर विष्टले  ज्येष्ठ नागरिकले परिवार तथा समाजलाई बाटो देखाउने काम गरेको बताए ।

उनले ज्येष्ठ नागरिकलाई लक्षित गरी स्थानीय सरकारले सम्मानपूर्वक राखेको कार्यक्रमले ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको अनुभूति महसुस भएको बताए ।

वडा सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य देवीमाया विश्वकर्माले नेपाली महिलाहरुको तीज पर्व तथा बुबाहरुको सम्मान गरिने पर्व कुशै औशी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ज्येष्ठ नगारिकसँग भेटघाटसँगै शुभकामना आदानप्रदानसँगै सम्मान गर्ने कार्यक्रम राखिएको बताइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक महिलाहरु तीज गीतमा छमछम नाचेका थिए ।