धरान/  तीज भड्किलो र खर्चिलो बन्दै विकृति उन्मुख भएपछि धरान उपमहानगरपालिका वडा नं. १४ ले तीजको मौलिकतालाई जीवन्तता राख्ने उद्देश्यले सामुहिक तीज पर्व मनाइएको छ ।

तीज पर्व होटलमा मनाउने, अनावश्यक वस्तु सेवन गर्ने र तीज आउनु पूर्व नै तीज पर्व मनाउनेप्रति लक्षित गरी तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै सामुहिक तीज पर्व मनाइएको हो ।

प्छिलो समय तीज पर्व आउनु भन्दा एक महिना अगाडिदेखि होटल तथा रेष्टुरेन्टमा भेला भएर मनाउने प्रचलन बढ्दै गएको छ ।

माइती र चेलीको मिलनको रुपमा लिइदै आएको यो तीज पर्व समावेशी तीज बने पनि विकृतिउन्मुख हुन थालेको छ । यसैलाई मध्यनजर गरी १४ नं. वडा समितिले वडाका ज्येष्ठ नागरिक, महिला तथा युवा पुस्तालाई समेटेर तीज पर्व मनाइएको थियो ।

कार्यक्रममा वडाका दुई जना जेष्ठ महिला ८७ बर्षका सावित्रीदेवी भट्टराई र सोही उमेर समूहकी कृष्णकुमारी कटुवाललाई प्रमुख अथिति रहनु भएको थियो ।

सधै दिप प्रज्वलन गरेर उद्घाटन गरिने प्रचलन भएपनि यो कार्यक्रममा भने जेष्ठ नागरिक महिला ८७ बर्षीय सावित्रीदेवी भट्टराईले विगतमा तीज पर्वमा गाउने मौलिक गीत गाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

धरान उपमहानरपालिका वडा नं १४ वटा टोल विकास समिति रहेका छन् ।

सो कार्यक्रममा ८ वटा टोलविकास समितिका ६ सय जना महिलाहरुको सहभागिता रहेको थियो । तीजको मौलिकतालाई हराउन दिनुहुदैन भन्ने अभिप्रायले आयोजना गरेको सो तीज कार्यक्रममा तीजमा गाइने मौलिक गीत समावेश गरेर महिलाहरु तीज गीतमा छमछम नाचेका थिए ।

सो अवसरमा बोल्दै सामुहिक तीज कार्यक्रमकी संयोजक एवम् वडा सदस्य झरना मुखिया पौडेलले तीज पर्व भड्किलो, खर्चिलो र विकृतितर्फ गइरहेको अवस्थामा तीज पर्व कसरी मनाउनुपर्छ र तीज पर्व के हो भन्ने बुझाउन वडाका ज्येष्ठ नागरिक महिलालाई सहभागिता गराएर सामुहिक तीज पर्व मनाइएको बताए  ।

धरान १४ को दन्तकाली माविको हलमा आयोजित कार्यक्रममा १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पछिल्लो समय तीज आउनु अगावै होटलमा जाने, मादक पदार्थ सेवन गर्ने लगायतका विकृति बढ्दै गएका कारण तीजको मौलिकता हराउदै गएको बताउनुभयो ।

उहाँले तीज पर्वको मौलिकता हराउदै जाँदा समाज, राष्ट्रलाई नै  नकारात्मक प्रभाव पर्ने भएकोले तीज पर्वको मौलिकतालाई जीवनन्ता राख्नकै लागि भएपनि कार्यक्रमको आयोजना गरिएको बताए  ।

कार्यक्रममा प्रतियोगितात्मक तीज कार्यक्रम राखिएको थियो ।

सो अवसरमा १० टोल विकास समितिबाट १० र १० बाट ५ छान्दै उत्कृष्ट टोलविकास समिति छानिएको थियो ।

सो अवसरमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । सो अवसरमा टोलका ९ जना ज्येष्ठ महिलालाई  दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो भने तीज विशेष कार्यक्रममा सहभागीहरुलाई वास्तविकता तीज पर्वको विषयमा ज्येष्ठ नागरिकहरुले अहिलेका पुस्ताहरुलाई बुझाएका थिए ।