वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा सक्रिय चक्रघट्टी जेसीले तेस्रो वराहक्षेत्र रनको आयोजना गर्ने भएको छ ।

 “दौड्छ वराहक्षेत्र “नारा दिएर चक्रघट्टी जेसिजले वराहक्षेत्र रनको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता वारे मङलवार आयोजक चक्रघट्टी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं ४ सुनसरी पुलदेखि कालाबञ्जर हुँदै नडाहा पुगेर पुनः कालाबञ्जरको रुट तय गरेको उक्त रन भाद्र २२ गते शनिवार बिहान आयोजना हुने चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

वराहक्षेत्र नगर स्तरिय आयोजना हुने उक्त प्रतियोगितामा सहभागीले ८.८ किलोमिटरको दुरी पार गर्नु पर्नछ ।

तेस्रो वराहक्षेत्र रन कार्यक्रम संयोजक गोबिन्द्र साहका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ८ हजार ५ सय , द्वितीय पुरस्कार ५ हजार ५ सय र तृतीय पुरस्कार ३ हजार ५ साथै प्रमाण पत्र टि– शर्ट प्राप्त गर्ने छ ।

वराहक्षेत्र रन रहित चक्रघट्टी जेसिजले जेसिज सप्ताह अन्तर्गत मैत्रिपुर्ण फुटबल प्रतियोगिता , स्वागत तथा धन्यवाद बोर्ड , बक्तित्बकला , सडक नाटक , पुरस्कार बितरण लगायतका कार्यको आयोजना गरेको मुल कार्यक्रम संयोजक धनराज कार्कीले जानकारी दिए ।