धरान/ चाडवाड नजिकिदै जाँदा प्रहरीले चेकजाँचलाई कडाई बनाएको छ ।

धरानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्नुकासाथै चोरीका घट्ना बढ्न थालेपछि राती राती चेकजाँचलाई कडाइ गरेको हो ।

पार्किङमा राखेका मोटरसाइकल हराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा चाडवाड नजिकै गएको अवस्थामा चोरीका घट्नाहरु बढ्न थालेपछि चेकजाँचलाई कडाई बनाइएको  इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानमा भर्खरै इलामबाट सरुवा भएर प्रमुखको रुपमा आउनु भएका डिएसपी प्रकाश जवेगुका अनुसार दशै तथा तिहारको पूर्व सन्ध्यामा चोरीका घट्ना बढ्ने भएकोले नियन्त्रणको प्रयासस्वरुप चेकजाँचलाई कडाई गरिएको बताए ।

उनले अहिले विशेषगरि रातको समयमा मादप पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सख्या बढदै गएकोले यसलाई नियन्त्रण गर्नकै लागि पनि चेकजाँचलाई कडाई गरिएको उनको भनाई छ ।

अहिले धरानको मुख्यचौक भानुचौक, माछाभौडी, लक्ष्मीचौक, तीनकुने चेक पोष्ट लगायतका स्थानमा सवारी चेकजाँच कडाई बनाइएको छ ।

जनताले शान्ति सुरक्षाको अनुभूति गर्न सकून, शान्ति सुरक्षा कायम होस् भन्ने उद्देश्यले नै चेकजाँच गरिएको उनको भनाई छ ।