धरान/ सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले नयाँ स्कीम ल्याएको छ । 

दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको र्दुगा अटो प्यालेस धरान ८ प्रबन्धक दुर्गा भुजलले बताए ।

उनले भने,‘ग्राहक बर्गका लागि चाडपर्व स्कीम सुजुकीले ल्याएको छ,यो अवसर एक चोटी आउँछ,मौकाको फाइदा लिन हुन अनुरोध गर्दछु,मौका आउँछ पर्खदैन,दशै आयो क्यास पायो,चाँडो गनुैहोस्।’ 

प्रबन्धक भुजेलले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् ।

कुनै पनि ब्राण्डका मोटरसाइकल  एक्स्चेन्ज र खरीदकर्ताको सुविधाको लागि बैकिङ फाइनान्सको पनि सुविधा रहेको बताइएको छ ।

सुजुकी खरीद कर्ता ग्राहकहरुलाई स्कीम र मोटरसाइकल तथा स्कुटरको विश्वशनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा पनि दिएको छ ।

सर्भिसिङ चार्ज फ्रि गरिने भएको छ । कुनै पनि मोटरसाइकल खरीद गर्दा बढीमा एक बर्षको सर्भिसिङ फ्रि ह्ुने गरेको छ तर सुजुकीले भने ५ बर्षको स्कीम ग्राहक बर्गको लागि ल्याएको छ ।