धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् । 

कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो ।

बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो ।

समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भने समस्या हुने गरेको छ ।

मन्दिरका पूजारी र व्यवस्थापन समितिबीच विवाद चुलिदा यसको विकासमा बाधा पुगेको धरान उपमहानगरपालिका ८ नं. वडा समितिका अध्यक्ष धनबहादुर राई बताउँछन् ।

उनले मठमन्दिरको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकोले यसमा स्थानीय सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।कोशी प्रदेशकी पूर्व सासद उमिता बराइलीले धार्मिक आस्थाका केन्द्रहरु नेपालको सम्पदा भएको बताइन् ।

उनले सबै धर्मले सबै धर्मको सम्मान गर्ने परिपाटीको विकास नेपालमा भएकोले विश्वकर्मा बाबाको मन्दिरजस्ता धेरै मन्दिरहरुले सबैलाई धर्मप्रति आस्था जगाउँदै गएको बताइन् ।

यो मन्दिरमा हिन्दु धर्मालम्बीमात्र हैन बौद्ध धर्मालम्बीहरु समेत आएर दर्शन गर्ने र धर्मको सम्मान गर्ने भएकोले नेपालमा रहेको सदियौदैखिकौ धार्मिक सहिष्णुता कायमै रहेको बताइन्

विश्वकर्मा मन्दिरप्रति आस्था बढेकै कारण पछिल्लो समय भक्तजनहरु समेत बढ्दै गएका छन ।

विशेष गरेर धातु तथा फलामको पूजा गरिने यो मन्दिरमा नयाँ सवारी साधन खरिद वा कुनै धातु उद्योग सञ्चालन गर्दा यो मन्दिरमा आएर पूजा गरेपछिमात्र सञ्चालन गर्ने परम्परा रहेको छ ।

मन्दिरप्रति सर्वसाधारणको आस्था बढेकै कारण भौतिक संरचनाहरु पनि थप गर्दै लगिएको हो ।