धरान / युएन नवोदय कलेज धरान–१६ ले युरोपियन फुटसल च्याम्पियनसीपको मापदण्डको आधारमा सुनसरीको धरानमा युएन नवोदय फुटसल च्याम्पियनसीप लिग (शुक्रबार)देखि शुरु भएको छ ।

कलेजले कक्षा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको निम्ति खेलकुद अन्तरगत पर्ने फुटसल अध्ययन अलवा खेल बृद्धि विकासको निम्ति युरोपियन मापदण्डमा रहेर आयोजना गरेको हो ।

लिगका कोर्डिनेटर तथा कलेजका प्राध्यापक विजय आछामीका अनुसार धरानमा अन्तराष्ट्रिय माप दण्डमा रहेर विद्यार्थीलाई ज्ञान र खेलको विकास गर्नको निम्ति खेलको आयोजना गरिएको बताए ।

उनले भने,“फुटसलको नियम अन्तराष्ट्रिय मापदण्ड अनुसारकै हुँदा भविष्यमा विद्यार्थीले जहाँ गएरपनि खेल प्रदर्शनमा कुनै रुल्सको कमी नहुने गरी अहिले देखि जगबाटै युरोपियन मापदण्डमा आधारित रहेर खेलको आयोजना गरिएको हो। ”

प्राध्यापक आछामीले दिएको जानकारी अनुसार आज भएको खेलमा कक्षा ११ र १२ का विद्याथीहरुको १२ वटा टीम खेल मैदानमा भिडन्तमा उत्रिए । जस अनुसारको भिडन्तमा ६ वटा टीमहरु एल्भेन जि,एल्भेन सी,टुवेल्भ ए,टुवेल्भ सि,टुवेल्भ डी विजयी भएको छ ।

खेलको समया अवधिभर एल्भेन सि र टेवेल्भ बि ले बराबरी गोल गरे । टप स्कोर गर्ने खेलाडीहरु डिनेस राई,सुवर्ण लिम्वू र सिमान्त थेवे हुन सफल भए ।

कलेजले गल्र्सतर्फको खेल भने छुट्टै गर्ने छ । लिगमा विजयी बन्नेले टफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बार्षिक क्यालेण्डर अनुसार नै यसरी च्याम्पियनसी गर्दै आएको हो ।

लिगकोको उद्घाटन सत्रलाई कार्यक्रमका  प्रमुख अतिथी एन्फा उपाध्यक्ष  कोशीका कविराज तुम्बापो र कलेज प्रमुख डम्बर तुम्बापो सहितले गोल खेलाडीलाई हस्तान्तर गरि शुभारम्भ गरिएको थियो ।