धरान/ म‌गलबार दिउँसो अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको धरानमा मृत्यु भएको छ । 

अपरान्ह साढे ४ बजे धरान ८ स्थित सिदार्थ मार्गको नालाले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु भएको स्थानीय सुनिल खड्काले बताए । उनका अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ ।

उनले भने,“उक्त ड्रेन ५ फिट भन्दा गहिरो छ भने डे«नमाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ ड्रेन भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित बनाइएको छैन,ड्रेनमा भएको रडमा अडकिएर मात्रै सव भेटियो,नत्र वेपत्ता हुने थियो ।”

उनका खड्काका अनुसार गत साल पनि एक जना मान्छे चिल्एिर गंभीर घाइते बनेका थिए । इलाका प्रहरी कार्यालय धरानक डिएसपीले आज भएको घट्ना पुष्टि गरेका छन् ।

कोशी पत्रको टेलिफोन सम्पर्कमा उतm स्थानमा बृद्धको मृत्य भएको बताएका छन् । उनले भने,“ड्रेनमा बृद्धको बगेर मृत्यु भएको हो,तर मृतकले मापसे गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,विहान मर्निङ वार्कमा निस्किएको वेला लडेर डे«नले बगाएको हुन सक्छ ।