धरान/ झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कार्तिक १२ गते झापाको  मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी–३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी–१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका–३ का २० बर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ । 

यसै गरी इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी–६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह–४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० बर्षीय अमन चौधरी र इटहरी–१७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

 यसैवीच सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितमा म्यन क्लषाष्लन को क्रममा नियन्त्रित औषधी सहित १ जना पक्राउ परेका छन ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाड पर्व लक्षित सुरक्षा योजना अनुसार कार्तिक १० गते  परिचालन भएको प्रहरी कुकुर सहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा धरानबाट उदयपुर जादै गरेको को. १ख ५४४० नम्बरको बसमा सवार रहेका उदयुर त्रियुगा नगरपालिका–१० का २५ बर्षीय  संजय राना मगरलाई  नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्की सहित पक्राउ गरेको छ ।

लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।