धरान/ ओझपुर्ण शव्द अनि संगीत र सुमधुर आवाज पनि उस्तै । शव्द,संगीत र स्वरको फ्युजनको गीत गायिका शिला राईको एक महिना पछि फेरी ‘तिम्ले भुलेउ त के भो र’बोलको गीत सार्वजनिक भएको छ ।

शिला राईको अफिसियल युट्यूब च्यालन मार्फत तीन दिन अघि मात्रै सार्वजनिक गरिएको हो । नेपाली सांगतिक आकासमा फरक स्वरको क्षमता राख्ने राईको  एक महिना अघि मात्रै  नेपालकै चर्चित वरिष्ठ गायक उदय सोताङसँग ‘अलि अलि ’ बोलको गीत युट्युब मार्फत  सार्वजनिक भएको थियो ।

यति चाँडै एक महिना पछि नै फेरी अर्को गीत श्रोता र दर्शकको निम्ति ल्याएर सांगितिक दुनियाँमा थप इट्टा थपेर नयाँ स्वाद दिएकी छिन् । प्रायःजसो लोकभाकाको त्यो पनि ठेट नेपाली भाषाका गीत गाउने राईले पछिल्लो समय भने फरक संगीतमा आवाजहरु दिन थालेकी छिन् । 

गायिका राईकै शव्दमा भन्ने हो भने,‘लोकभाका भन्दा अलिक फरक आधुनिक त्यसभित्र पनि गजल भावको गीतहरु दर्शक र श्रोताको निम्ति पस्कँदैंछु,लोक भाका भन्दा यस्ता गीतको संगीतमा टाईमिङ र ताल पनि फरक निकै कठिन हुने रहेछ ।’ 

गजल भाबको नयाँ गीतको रचनाकार भने खुसेनीछो चाम्लिङ खोटाङेको रहेको छ भने बरिष्ठ संगीतकार प्राज्ञ डक्टर किराँतले भरेका छन् ।

गायिका राई भन्छिन,‘शव्द र संगीतले नै दर्शक र श्रोताको मन जित्छ,यस्ता गीतहरुले सबैको जीवनमा मेल खान्छ,जो कोहीको जीवन सोँचे जस्तो भने जस्तो त हुन्न नी,जे लेखेको छ ,त्यही मात्रै हुने हो र भोग्दै जाने हो ।’

तपाईकै आफ्नै जीवनको भोगाई त होइन भन्ने सन्चारकर्मीको जिज्ञासामा सवैको जीवन एउटा अन्दाज  मात्रै त रहेछ ,सगैं मर्ने सँगै जीउने सत प्रतिशत कहाँ हुन्छ र ? त्यसैले सबैको जीवनमा कहीँ कतै यस्तो हुन सक्छ ।

तीन दिनको अवधीमा उक्त गीतलाई युट्युबमा २४ हजार भन्दा बढीले हेरिसकेका छन भने धरै कमेन्ट लाइकहरु प्नि उत्तिकै छन् । दर्शक र श्रोताको मन जितेर नै मन मुटुमा रहेर नेपाली गीत संगीतमा नयाँ आयाज थप्दैंछिन् । 

यसरी अहिलेको प्रविधीको दुनियाँमा यसरी यति चाँडै गीतको भावार्थमाथि कमेन्ट ,लाइक गरि मन पराउनु सामान्य  कुरा होइन ।

प्रायःजसो एकल स्वर दिएर दर्शक र श्रोताको नजरमा चर्चा कमाएकी गायिका राईको थुन्चेको भारी विसाउँदै लाखौं श्रोता र दर्शकले मन पराएका छन् ।

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई,गीतकारहरु बेदनिधी पौडेल,ज्योती जंगली,भुपाल राई,कृष्णहरी बराल,संगीतकार भुपाल राई लगायत वरिष्ठ संगीतकर्मीहरुसँग मिलेर उनले स्वर दिएकी छिन् । 

अहिलेको युवा पुस्तामा चर्चित संगीतकार अनिल कोयु र हाँस्यकलाकार विल्सन विक्रमसँग समेत अभिनय र स्वर दिएर श्रोता र दर्शकलाई समयानुसारको संगीतको स्वाद निरन्तर पस्किरहेकी छिन् ।

उनकै अफिसियल शिला राईको अफिसियल मार्फत गीतहरु भेटिन्छन् । पछिल्लो समय प्रबिधीको दुनियाँको टिकटकमा गीत गाएर लाखौं लाखौं दर्शक र श्रोताको मन जित्न सफल गायिका राई टिक टिक क्वीन गायिका भनेर स्थापित भएकी छिन् । 

सागर बनेउ त के भोर जंघार मैले तरकै छु

खाली छैन छाती मेरो ,तिम्रो यादले भरेकै छु

तिमीले भलेउ त के भो र ?

माया मैले गरेकै छु