मोरङ/  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्यलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको ¥यालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।  

सो अवसरमा   महानगरका मेयर नागेश कोइरालाले लैंगिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने बताए । 

त्यस्तै उपमेयर कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताइन् । उनले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गरिन् । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।