धरान/ धरानमा निरन्तर आयोजना हुदै आएको मोफसलकै सबैभन्दा ठूलो र पुरानो गोल्डकप अन्तराष्ट्रिय बुढासुब्बा गोल्डपको २५ संस्करण भव्यताका साथ सम्पन्न गर्न आयोजक धरान फुटबल क्लब तयारीमा जुटेको छ ।

२५ औं संस्करणलाई ‘सिल्भर जुब्ली’ संस्करणको रुपमा लिँदै प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न लागिएको आयोजक धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेन गरी जानकारी गराएको हो ।

 आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन मार्फर्त आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको छ ।

उनले भने–‘यो प्रतियोगिता मोफसलकै सबैभन्दा पुरानो प्रतियोगता हो, २७ औं संस्करण हुनुपर्नेमा दुई बर्ष विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना संक्रमणका कारण हुन सकेन, यो बर्ष आयोजना गर्न लागिएको प्रतियोगिता २५ औं संस्करण हो, यसलाई शिल्भर जुब्लीको रुपमा भव्यताका साथ सम्पन्न गर्न क्लब तयारीमा जुटिसकेको छ ।’

उनले विगतमा निष्किृय  रहेको अक्षय कोषलाई समेत चलयमान बनाएर लाने घोषणा गरे । विगतमा धरानका स्थानीयहरुले स्थापना गरेको २ लाखको अक्षयकोषलाई १ करोड पु¥याउने लक्ष्य क्लबले लिएको समेत जानकारी दिए ।

यसका लागि धरान हङकङ मञ्चले सहयोग गर्ने उनको भनाई छ । उने मञ्चले ५० लाख हराहारीको अक्षयकोषको लागि सहयोग प्रतिबद्धता जनाइसकेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए अनुसार प्रतियोगतको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन् । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् ।

सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजारको दरले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइजसहित एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युकेएफसी (भारत), मच्छिन्द्र क्लब काठमण्डौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने सम्भावित टिमहरु रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न क्लबले १ करोड २ लाख २५ हजार आय हुने र ८० लाख १० हजार खर्च हुने अनुमानित बजेट समेत सार्वजनिक गरेको छ ।