धरान/विगत केही समयदेखि शिथिल बनेको अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने उद्देश्यले यही पौष २५ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने तेस्रा्े धरान एक्स्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
एक्स्पोले धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावना रहेको जनाइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा हुन लागेको एक्स्पोका सम्बन्धमा आयोजक सुनसरी उद्योग वाणिज्यले तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
सुनसरी उद्योग वाणिज्य संंघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले विषम आर्थिक संकटको समयमा सञ्चालन हुन लागेको धरान एक्स्पोले आर्थिक चलायमान बनाउने अपेक्षा राखेको बताए ।
धरान १६ र्रगशालामा आयोजना हुन लागेको सो एक्सोको तयारी अन्तिम चरणमा पुगेको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
एक्स्पोमा आउने सर्वसाधारणका लागि यातायात, स्वास्थ्य सेवासँगै सस्तो मूल्यमा स्थानीय सामाग्री उपलब्ध गराउने जानकारी दिए ।
एक्स्पोमा उपभोक्ताहरुले सर्वसुलभ ढंगबाट सस्तो मूल्यमा पाउन् भन्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको सह संयोजक रामस्वरुप शर्माले जानकारी दिए ।
उनले स्थानीय स्तरमा उत्पादन भएका कृषि सामाग्री, उद्योगबाट निर्मित सामाग्रीका साथै स्थानीय स्तरमा बजारको अवस्थाको जानकारी यो एक्सपोको आयोजनाबाट गराइने जानकारी दिए ।
विगत दुई बर्षदेखि धरान एक्सपोको आयोजना भइरहेको र तेस्रो धरान एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी, व्यवसायी तथा सर्वसाधारणका लागि प्रदर्शनी अवोलकन गर्न सहज हुने गरी आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।
एक्स्पोमा विविधि व्यवसायिक, उद्यमी, कृषि क्षेत्र सबैलाई पर्याप्त स्थान उपलब्ध गराइने आयोजकले जनाएको छ ।
एक्स्पाेमा सुनसरीका सबै स्थानीय तह, मोरङ्ग, झापा, इलाम,, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, भाजपुरसँगै छिमेकी मुलुक भारतका नजिकका जिल्ला तथा सहरहरुबाट अवलाकन, व्यापार व्वसायका लागि ब्यवसायी तथा अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेको छ ।
एक्स्पोको तयारीका क्रममा धरान बाहेकका जिल्ला, नगर, पालिका, गाउँपालिकाका उद्योगी व्यवसायी, कृषक तथा आम नागरिकलाई आकर्षित गर्न प्रचार प्रसारको कार्य समेत थालिएको आयोजकले जनाएको छ ।
एक्सपोको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिहले गर्ने भएका छन् ।