धरान/ कोशी प्रदेशको शैक्षिक क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै यु एन नवोदय कलेजले +2 उत्तीर्ण र हाल बीएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क डेल ब्रान्डका ल्यापटप वितरण गरेको छ।
फागुन ०२गते (शुक्रबार) एक भव्य कार्यक्रमका बीच कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटेल व्यवस्थापन संयोजक गगन श्रेष्ठ, तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले को उपस्थितिमा विद्यार्थीहरूलाई ल्यापटप हस्तान्तरण गरिएको हो।
अब यु एन नवोदयका विद्यार्थीहरू प्रविधिसँग अपडेट!
अबदेखि +2 उत्तीर्ण गरी बीएचएम अध्ययन गर्ने सबै विद्यार्थीहरूले यो सुविधा पाउनेछन्। क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार, सूचना प्रविधि, एआई, च्याटजीपीटी, र डीप लर्निङ को युगमा विद्यार्थीहरूलाई अध्ययन, अनुसन्धान, र नवाचारमा अग्रसर बनाउने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो।
उनले भने, "हामी हाम्रा विद्यार्थीहरूलाई विश्वस्तरको शिक्षा प्रदान गर्न चाहन्छौँ। प्रविधिको प्रयोगले उनीहरूको दक्षता अभिवृद्धि हुनेछ र उनीहरू प्रतिस्पर्धात्मक बजारमा अब्बल बन्नेछन्।"
कोशी प्रदेशमा पहिलो पटक यति ठूलो प्रविधि-शैक्षिक योजना!
शिक्षा र प्रविधिको अभूतपूर्व संगम ल्याउने गरी कोशी प्रदेशमा पहिलो पटक यति व्यापक स्तरमा कलेजले निशुल्क ल्यापटप वितरण गरेको हो।
विद्यार्थीहरूले ल्यापटप पाएपछि अत्यन्त उत्साहित देखिएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य गगन श्रेष्ठले राखेका थिए भने कार्यक्रमको अध्यक्षता ज्ञानेश्वर झाले गरेका थिए।
यस्तो आधुनिक योजना देशभरि अन्य कलेजहरूले पनि अपनाउनुपर्छ भन्ने तपाईंको सोच छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्!