धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजित सुमेधा वक्तृत्वकला प्रतियोगिता मा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छन्। उनले नगद रु. १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारिन्।
धरान-८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्की दोस्रो भइन्। उनले नगद रु. ८ हजार, ट्रफी र प्रमाणपत्र जितिन्। तेस्रो स्थानमा एम्स एकेडेमीकी अदिति झा रहँदा उनले रु. ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। सान्त्वना पुरस्कार पब्लिक मा.वि., फुस्रेका बालकुमार राई ले जिते।
विविध उप-शिर्षकका विजेता सम्मानित
प्रतियोगितामा विभिन्न उप-शिर्षकहरूमा पनि प्रतिस्पर्धीहरू पुरस्कृत भए।
✔ डिसिप्लिन स्पिकर – पूजा लम्साल (शिक्षा निकेतन मा.वि.)
✔ ओराटोरिकल स्पिकर – लाक्पा तामाङ
✔ इन्फर्मेटिभ स्पिकर – आयुष कटवाल (पब्लिक हाई स्कुल)
✔ पङ्चुअल स्पिकर – चन्द्रकला राई
✔ सिन्सियर स्पिकर – सोनिया नेपाली (सियोन स्कुल)
✔ मोटिभेशनल स्पिकर – स्मृति लिम्बु (धरान मा.वि.)
प्रतिस्पर्धीहरूबीच तीव्र प्रतिस्पर्धा
प्रतियोगितामा लागुऔषध समस्या, युवाको दायित्व, भविष्य निर्माणमा अभिभावकको भूमिका जस्ता ५ वटा विषयमा सहभागीहरूले धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उप-प्रमुख अइन्द्र बिक्रम बेघा, शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।