धरान/ धरान उपमहानगरपालिका–१ मा अवस्थित धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल यो क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयको रूपमा परिचित छ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको यो विद्यालयले शैक्षिक अनुशासन, दक्ष शिक्षक टोली र आधुनिक पठनपाठन प्रणालीमार्फत थुप्रै सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।
विद्यालयले बालमैत्री वातावरण, सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रम र अतिरिक्त क्रियाकलापहरूलाई समेत विशेष जोड दिँदै आएको छ। हरेक वर्ष एसईईसहितका विभिन्न परीक्षामा विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको गौरव बढाइरहेका छन्।
शिक्षा मात्र होइन, खेलकुद र प्रतिभा विकासमा पनि स्कुल अग्रणी छ। विद्यालयले धरानको इतिहासमै पहिलोपटक रात्रीकालिन बास्केटबल प्रतियोगिता, फुटसल तथा एसईई स्तरीय भलिबल प्रतियोगिता जस्ता गतिविधिहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ।
विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल यस विद्यालयले अब प्रविधिमैत्री र नविनतम शिक्षण विधिलाई अंगाल्ने लक्ष्य लिएको छ। धरानको शैक्षिक पहिचानको प्रतीक बनेको धरान आदर्श बोर्डिङ स्कुल निरन्तर शिक्षाको उज्यालो ज्योति फैलाउने यात्रामा अघि बढिरहेको छ।