धरान/ धरान उपमहानगरपालिका–१२, चतरालाईनमा अवस्थित एम्स कलेज धरान पछिल्लो समय विद्यार्थी र अभिभावकको अत्याधिक रुचिमा पर्न थालेको शिक्षण संस्था हो। केवल कक्षा ११ र १२ मा केन्द्रीत अध्ययन प्रणालीका साथ यो कलेज धरानमा फरक पहिचान बनाउँदै अघि बढिरहेको छ।

एम्स कलेजले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमानिटिज, एजुकेशन जस्ता विषयहरूमा अध्ययन गराउँदै आएको छ। प्रयोगात्मक र अनुसन्धनमुखी शैलीमा आधारित शिक्षण विधि, स्मार्ट कक्षा, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय र ई–लर्निङ सुविधा यस कलेजका प्रमुख विशेषता हुन्।

एम्स कलेजका प्रिन्सिपल सन्तोष कोइराला भन्छन् —

"हामी विगत ३ वर्षदेखि धरानमा निरन्तर प्रथम र दोस्रो स्थानमा छौं। शिक्षामा गुणस्तर, विद्यार्थीमैत्री वातावरण, पारिवारिक सम्बन्ध, र न्यून शुल्कमा उत्कृष्ट शिक्षा दिनु हाम्रो लक्ष्य हो।"

– प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा हेरिन्छ।
– विद्यार्थी आउँदा–जाँदा स्वागत–बिदाइ गरिन्छ।
– विद्यार्थीको मनोविज्ञान, सामाजिक अवस्था, पारिवारिक पृष्ठभूमिलाई बुझेर शिक्षा दिइन्छ।
– नियमित सांस्कृतिक, खेलकुद, सामाजिक गतिविधि सञ्चालन गरिन्छ।

यस वर्षदेखि होटल म्यानेजमेन्ट अन्तर्गत हस्पिटालिटी म्यानेजमेन्ट विषय पनि सुरु गरिएको छ, जुन विद्यार्थीलाइ व्यवहारिक शिक्षा र रोजगारीमुखी तालिमसँग जोड्दछ।

– इन्ट्रान्समा टप गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति

– टप टेनमा पर्ने विद्यार्थीलाई विशेष छुट
– एम्स एसईई रनबाट छनोट भएका विद्यार्थीहरूलाई नि:शुल्क भर्ना अवसर

“धरानमा शिक्षाका थुप्रै राम्रा संस्था छन्, तर हामी विद्यार्थीसँगको आत्मीयता, व्यवहारिक शिक्षा र न्यून शुल्कमै गुणस्तरीय शिक्षाका आधारमा फरक छौं। तपाईंहरू सबैलाई हामी इन्ट्रान्स फर्म भर्न आउनुहोस् भनी हार्दिक आमन्त्रण गर्न चाहन्छौं।”   प्रिन्सिपल सन्तोष कोइराला भने