धरान/ धरान उपमहानगरपालिका–१२ स्थित चतरालाईनमा स्थापना भएको धरान मेघा कलेज छोटो समयमै विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पर्न सफल भएको छ।
सन् २०६१ मा स्थापना भएको यो शैक्षिक संस्थाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी शारीरिक, मानसिक र संवेगात्मक विकासमा समेत केन्द्रित गर्दै आएको छ।
कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेका अनुसार, “विद्यार्थीको सर्वाङ्गीण विकास नै शिक्षाको मूल उद्देश्य हो भन्ने विश्वासका साथ हामीले शिक्षा र अतिरिक्त गतिविधिमा समान महत्व दिएका छौँ।”
यही कारणले गर्दा कलेजका विद्यार्थीहरू नगर र जिल्लास्तरीय बास्केटबल, भलिबल, फुटबल, कविता, हाजिरीजवाफ, वक्तृत्वकलाजस्ता विभिन्न प्रतियोगितामा पुरस्कार हात पार्न सफल हुँदै आएका छन्।
कलेजका थप विशेषता यस्ता छ:
अतिरिक्त क्रियाकलापमा जोड
कलेजले शिक्षा, खेलकुद, संगीतजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।
कानुन विषयको अध्यापन सुरु
कलेजले हालै कानुन विषयका लागि पनि अनुमति प्राप्त गरिसकेको छ। “अब कानुन पढ्न बाहिर जानु पर्दैन, यहाँ अनुभवी शिक्षकहरूमार्फत पढाइ गराइनेछ,” घिमिरेले भने।
गुणस्तरीय विज्ञान शिक्षाको प्रबन्ध
विज्ञान विषयका लागि पूर्णकालीन शिक्षकको व्यवस्था गरिएको छ। काठमाडौँका ख्यातिप्राप्त शिक्षण संस्थामा अनुभव प्राप्त शिक्षकहरूद्वारा पठनपाठन गराइने भएकाले मेघा कलेज धरान क्षेत्रकै एक अग्रणी संस्था बन्दै गएको छ।
आकर्षक संकाय र आधुनिक प्रयोगशाला
होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्प्युटर म्यानेजमेन्ट, फुड एन्ड न्युट्रिसनजस्ता संकायमा विद्यार्थीहरूको आकर्षण बढ्दो छ। हरेक संकायका लागि एसीयुक्त आधुनिक प्रयोगशालाको सुविधा उपलब्ध छ।
व्यावसायिक तालिम र प्रशिक्षण
होटल म्यानेजमेन्ट संकाय प्रमुख पोषणबाबु श्रेष्ठका अनुसार, “विद्यार्थीहरूलाई बारिस्टा, बारटेन्डिङ, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्वकला जस्ता अतिरिक्त तालिम प्रदान गरिन्छ।
साथै, तारे होटल, उद्योग र बैंकहरूमा भ्रमणको व्यवस्था समेत छ।”
खेलकुद र भौतिक पूर्वाधार
कलेजमा आफ्नै बास्केटबल कोर्ट छ, जहाँ विभिन्न संस्था तथा क्लबहरूले प्रतियोगिता आयोजना गर्ने गरेका छन्। कलेजले धरानको भानुचोकमा पनि बास्केटबल कोर्ट निर्माण गरिदिएको छ, जसले यस क्षेत्रमा बास्केटबलको विकासमा टेवा पुगेको देखिन्छ।
अध्ययन वातावरण
हावा र प्रकाश युक्त फराकिला कक्षाकोठा, अनुशासित वातावरण र दक्ष शिक्षक–शिक्षिकाहरूको टिमले मेघा कलेजलाई अझ लोकप्रिय बनाइरहेको छ।
कक्षा ११ र १२ मा हाल ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नर्सरीदेखि उच्च माध्यमिक तहसम्मको पठनपाठन गराइने यस कलेजले धरानलाई व्यवहारिकरूपमै शैक्षिक केन्द्र बनाउने अभियानमा अग्रसर रहेको कलेजका प्रिन्सिपल भाष्कर पौडेलले बताएका छन्।