धरान/ धरानस्थित केके इन्टरनेशनल स्कूलले यस बर्षको एसईई नतिजामा सतप्रतिशत सफलता हासिल गरेको अवसरमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
गत आइतबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई रुद्राक्षेको माला र अविर लगाएर सम्मान गरेको हो ।
विद्यालयका शैक्षिक निर्देशक रोविन सिएम र प्रधानाध्यापक हरिश्चन्द्र बुढाथोकीलगायत शिक्षक शिक्षिकाहरुले सम्मान गरेका थिए । उत्तीर्ण भएका विद्यार्थीहरू मध्ये २५ जनाले ए प्लस, १७ जनाले ए प्राप्त गरि उत्तीर्ण भएका थिए ।
विद्यालयका अध्यक्ष इ.प्रविण अग्रवालका अनुसार रोनिशा श्रेष्ठ र उज्वल लिम्बूले ३.९५ जीपीए प्राप्त गरेका थिए । यस्तै तपस्या भण्डारी, यशोना लिम्बू र सन्देश लिम्बूले ३.९१ जीपीए प्राप्त गरेका थिए ।
यस अघि कक्षा ८ की छात्रा आर्या बरालले पनि धरानका विद्यालय मध्य दोश्रो उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
‘स्कूलले एसईई परीक्षामा सतप्रतिशत सफलता हासिल गर्दै फेरि एक पटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ ।
यो उपलब्धि विद्यालयको समर्पित शिक्षण प्रणाली र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल हो ।’–अध्यक्ष अग्रवालले भने ।




















