धरान/  धरान–१६ मा अवस्थित सियोंन स्कुल प्लस टु तहका विद्यार्थीबीच एक फरक पहिचान बनाउँदै अघि बढिरहेको छ। एसइइ नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकमाझ प्लस टु पढाइको गन्तव्यको रुपमा सियोंन स्कुलको चर्चा फेरि चुलिएको छ।

स्कुलका भ्वाइस प्रिन्सिपल राकेश चौधरीका अनुसार, यहाँ विज्ञान (Science), व्यवस्थापन (Management) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा अध्ययन गरिन्छ। तर सियोंन स्कुलले पढाइ मात्र होइन, विद्यार्थीलाई जीवनको लागि तयार पार्ने उद्देश्य लिएको छ।

"हामी कक्षामा सीमित विद्यार्थी राख्छौँ," चौधरी भन्छन्, "फुल–टाइम अनुभवी शिक्षकहरूद्वारा पढाइ हुन्छ, जसले हरेक विद्यार्थीको रेखदेखमा योगदान दिन्छ।" पार्ट–टाइम शिक्षक पनि देशका प्रतिष्ठित क्याम्पसका प्रोफेसरहरू छन्।

स्कुलमा CCTV निगरानी, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, होस्टेल, क्यान्टिन, तथा ५ वटा स्कुल बसको सुविधा उपलब्ध छ। प्रत्येक कक्षामा २०–२५ विद्यार्थी मात्रै राखिन्छ ताकि सिकाइ प्रभावकारी होस्।

खेलकुद, इ.सी.ए. र अन्तर्राष्ट्रिय exposure पनि सियोंन स्कुलको विशेषता हो। प्लस टु तहका विद्यार्थीहरूले थाइल्यान्ड, चीन जस्ता देशमा शैक्षिक भ्रमण गरेका छन्। साथै, स्कुल बास्केटबल प्रतियोगिता तथा मिस प्लस टु मा पनि लगातार विजेता बन्दै आएको छ।

पछिल्लो तीन वर्षको नतिजा हेर्दा सियोंन स्कुलले १००% एसईई र प्लस टु पास दर कायम राखेको छ। यसवर्ष पनि ५० जना एसईई परीक्षार्थीमध्ये ४७ जनाले A वा A+ ल्याएका छन्। प्लस टु मा पनि १८ जनाले A वा A+ ल्याएका छन्।

अन्तरक्रियात्मक शिक्षण विधि, साप्ताहिक इ.सी.ए. कार्यक्रम, शैक्षिक भ्रमण र जीवनोपयोगी सीप सिकाइमार्फत सियोंन स्कुलले विद्यार्थीलाई समग्र रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ।

नयाँ सत्रको कक्षा यही असार २९ गते आइतबारदेखि सुरु हुँदैछ। सीमित सिट रहेको हुँदा इच्छुक विद्यार्थी तथा अभिभावकलाई विद्यालयले शीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।