धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ।

सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ।

शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकहरूले समेत विद्यालयप्रतिको भरोसा बढाउँदै गएका छन्।

एसइई परीक्षामा विद्यालयका विद्यार्थीहरूको उलेख्य परिणाम, विविध सह–पाठ्यक्रम गतिविधिमा सक्रियता तथा सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिताले विद्यालयको शैक्षिक प्रतिष्ठा झनै उचो बनाएको छ।

शिक्षा सन्देश बोर्डिङ स्कुलले ग्रामीण क्षेत्रमै निजी शिक्षाको ज्योति बालेर भविष्यका कर्णधारहरू उत्पादन गरिरहेको उदाहरणीय संस्था बनेको छ। आगामी दिनहरूमा विद्यालयले अझ विस्तारित सेवाहरू र गुणस्तरीय शिक्षाका कार्यक्रमहरू ल्याउने योजना बनाएको छ।