धरान /आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवराज श्रेष्ठले आफ्नो प्यानलसहित चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत श्रेष्ठले व्यवसाय प्रवर्द्धन, पूर्वाधार विकास र व्यापारी हितका ठूला योजना सार्वजनिक गर्दै नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

श्रेष्ठले धरानको सुस्ताउँदै गएको व्यापारिक गतिविधिलाई पुनः चलायमान बनाउन धरान–लेउती सुरुङ मार्ग निर्माणको नेतृत्व गर्ने घोषणा गरे। साथै, किमाथांका राजमार्ग अन्तर्गत धरानमा ड्राइपोर्ट स्थापना, पर्यटन प्रवर्द्धनका लागि हेलिप्याड निर्माण, धार्मिक र स्वास्थ्य पर्यटनको प्रवर्द्धन उनका मुख्य एजेन्डा रहेको उल्लेख गरे।

श्रेष्ठको महत्वकांक्षी प्रतिबद्धता:

  • धरान, इटहरी, इनरुवा, रामधुनी, चतरा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणा गर्न पहल
  • धरान र रामधुनीलाई व्यवसायिक केन्द्रको रूपमा विकास
  • धरानको कृषि बजारलाई नमुना केन्द्रको रूपमा विस्तार
  • तिनकुने औद्योगिक क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाउने
  • स्थायी व्यवसायिक प्रदर्शनी केन्द्र निर्माण
  • कर प्रणालीलाई वैज्ञानिक बनाउँदै झन्झटिलो कर हटाउने

श्रेष्ठले उद्योगी व्यवसायीहरूका लागि कर, लेखापरीक्षण, कानुनी सहायता, सूचना सेवा लगायत विषयमा संघको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले भने, “हामी विसुद्ध व्यवसायीको हितमा काम गर्ने सक्षम टिम हौं। हामीले अनुभव, योजना र इमानदार कार्यशैली बोकेका छौं।”

श्रेष्ठले विगतमा पनि संघको पदाधिकारीका रूपमा जिम्मेवारी सम्हालेका कारण उनी अनुभवी उम्मेदवारका रूपमा हेरिएका छन्।

Time

श्रेष्ठको टिममा को-को छन्?

  • अध्यक्ष पद: शिवराज श्रेष्ठ
  • वाणिज्य तर्फ सदस्यहरू: अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाईं, सीताराम आचार्य
  • महिला तर्फ: ममता साक्य
  • उद्योग वाणिज्य तर्फ: उमेश अग्रवाल, खड्ग बहादुर वस्नेत (राजु), शिवानन्द साह
  • एसोसिएट तर्फ: राजु साह, राजेश अग्रवाल

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा कुल २ हजार ९०४ जना मतदाता सहभागी हुनेछन्। अध्यक्ष पदका लागि श्रेष्ठसँगै गोपाल श्रेष्ठको प्यानल पनि प्रतिस्पर्धामा रहेको छ।

1752027928129