धरान/ सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार शिवराज श्रेष्ठले मतदातासामु स्पष्ट र आशावादी सन्देश दिएका छन् — अब संघलाई योजना बनाउने हैन, योजना कार्यान्वयन गर्ने नेतृत्व चाहिन्छ।

 यही दृढतासहित उनी व्यवसायी समुदायको साझा भविष्य निर्माणमा जुटिरहेका छन्।

श्रेष्ठ केवल उम्मेदवार होइनन्, उनी एक अनुभवी संस्थागत नेतृत्वकर्ता, व्यवसायिक हितका सच्चा पहरेदार हुन्।

अघिल्लो कार्यकालमा संघको पदाधिकारीको जिम्मेवारी सम्हाल्दा उनले गरेको काम आज पनि व्यवसायीहरूका बीच उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।

श्रेष्ठ किन चाहिन्छ?

✔️ संघलाई अब गफ होइन, गतिशील नेतृत्व चाहिन्छ

✔️ उद्योगी–व्यवसायीका समस्या बुझ्ने मूलबाट उठेका नेतृत्वकर्ता

✔️ कर, लेखापरीक्षण, कानुनी सहयोगदेखि सूचना प्रवाहसम्म व्यवसायीलाई साथ दिने संघ बनाउने वाचा

✔️ “कुरा कम, काम धेरै” मा विश्वास राख्ने प्रतिबद्ध टिमको नेतृत्व

 शिवराज श्रेष्ठको प्रमुख योजनाहरू यस्ता छन्

धरान–लेउती सुरुङ मार्गको पहल गर्दै भौगोलिक रूपमा धरानलाई अझ नजिक बनाउने

ड्राइपोर्ट स्थापनाको माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारलाई गति दिने

हेलिप्याड, स्वास्थ्य र धार्मिक पर्यटन प्रवर्द्धन गर्दै धरानलाई गन्तव्य बनाउने

धरान, रामधुनी, चतरा, इटहरी, इनरुवा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणा

स्थायी व्यवसायिक प्रदर्शनी केन्द्र निर्माण

कृषि बजारलाई नमुना बजारमा रूपान्तरण, स्थानीय उत्पादनलाई प्रोत्साहन

कर प्रणालीलाई सजिलो, वैज्ञानिक र व्यवसायीमैत्री बनाउने

श्रेष्ठको टिम नारा हैन, नतिजा उत्पादनमा विश्वास राख्ने टिम हो। वाणिज्य, महिला, उद्योग, एसोसिएट सबैतर्फका उम्मेदवारहरू आफैं व्यवसायिक जीवनमा सशक्त छन्।

उनी भन्छन् —“व्यवसायीका सपना हामीसँग मेल खान्छ। हामी योजनामा होइन, समाधानमा विश्वास गर्छौं।”

अहिलेको चुनाव व्यापारमैत्री नीति, सहज वातावरण र समस्या समाधानको बाटो खोल्ने अवसर हो।

शिवराज श्रेष्ठको उम्मेदवारी नयाँ सम्भावनाको ढोका खोल्ने संकेत हो। अब निर्णय तपाईंकै हातमा छ। संघलाई गतिशील बनाउने, व्यवसायीको आवाज बुलन्द बनाउने, र धरानको व्यापारमा नयाँ गति ल्याउने नेतृत्व रोज्नुहोस् — शिवराज श्रेष्ठलाई विजयी बनाउनुहोस्। अनुभव, इमानदारी र योजनासहितको टिमलाई साथ दिनुहोस्।

-एड्भर्टोरियल