धरान । सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वाचनका लागि प्रकाशित गरिएको मतादाताको नामावलीमा ‘फर्जी’ मतदाता समेत राखिएको पाइएको छ ।
धरानमा असार ३० गते तिन बर्षे कार्यकालका लागि निर्वाचन हुुदै छ । अहिले सिण्डीकेट पक्षधर समुुह र ब्यापारी ब्यबसायी समुुहको दुुई प्यानलका उमेद्धारहरु बजारमा भोट मागि रहेका छन् । बजारमा चलेको चर्चा लाई आधार मान्ने हो भने सिन्डीकेट पक्षधर समुुहबाट गोपाल श्रेष्ठको प्यानल र ब्यापारी ब्यबसायीहरुको समुुहबाट शिवराज श्रेष्ठको प्यानल चुुनावी प्रतिस्प्रधामा छ । सुुनसरी उद्योग बाणिज्य सघंमा केही पुुर्व अध्यक्षहरुको नियन्त्रणमा चलाइएको र जीतेर गएका उमेद्धारलेपनि त्यही समुुहको योजनामा काम गर्ने गरेको सार्वजनिक चर्चा हुने गरेको छ । सोही समुुहले यस पटक हुुन आटेको निर्वाचनमा संस्थागत रुपमै आफ्नो पक्ष जिताउन फर्जी मतदाता बनाएको पाइएको हो । शिबराज श्रेष्ठको प्यानलले मत माग्न जानेक्रममा मतदाता,फर्म र सम्पर्क नम्बर समेत नभेटेपछि मतदाता भेरीफाइ गर्दा एकै ब्यक्तिको नामा सात वटा सम्म फर्म दर्ता गरेको र ती फर्म हरु सो ठेगनामा नभएको,वडा कार्यालयमा समेत रेकर्ड नभेटिएको र राजश्व कार्यालयमा समेत अभिलेख नपाइएको पाइएको हो । धरान लाइभलाई प्राप्त डकुुमेन्टमा एउटा पालिकामा एउटै नामका फर्महरु अलग अलग वडामा दर्ता गरेको रेकर्ड देखिन्छ ।
शिवराज श्रेष्ठको प्यानलले संस्थागत रुपमै सघंलाइ नियन्त्रण गर्न यस्तो गरिएको र स्वतन्त्र प्रतिस्प्रधाबाट सिन्डीकेट पक्षधरहरु डराएको बताएका छन् । सुुनसरी उद्योग बाणिज्य सघंका हालका अध्यक्ष विजय श्रेष्ठले फर्जी मतदाता नभएको बताएपनि धरानलाईभलाई प्राप्त प्रमाण विजय श्रेष्ठ नेतृत्वको टिमले नै प्रमाणित गरेको नामावली हो ।
अहिले निर्वाचनका लागि उद्योग बाणिज्य सघंका भोटर कार्ड विना भोट हाल्न नपाइने नियम बनाइनुुको पछाडीपनि फर्जी मतदातालाइ फाइदा पुुग्ने गरि बनाएको आरोप छ । सुुनसरी उद्योग बाणिज्य सघंले सदस्यता कार्ड अहिले सम्म बाडेको छैन सुनसरी उद्योग बाणिज्य सघंका मतदाता आसिश राईले भने ‘ सिन्डीकेट पक्षवालाले फर्जीमत सहितको कार्ड बनाइ सकेको र आफुुहरुको पक्षमा भोट नदिनेहरुलाइ कार्ड बनाउन झमेला दिइरहेको बताए । नेपाल सरकार भन्दा ठुुलो उद्योग बाणिज्य सघं हैन उनले भने ‘सुुनसरी उद्योग बाणिज्य सघंको कार्ड वा नेपाल सरकारले जारी गरेको परिचय खुुल्ने प्रमाणपत्र (जस्तौ नागरिकता,राष्ट्रिय परिचयपत्र,सवारी चालक अनुुमतीपत्र) को आधारमा मतदान गर्न पाउनुु पर्छ,नागरिकतालाई नमान्ने हो भने फर्जी मतदाता भेरिफाइ हुन सक्दैन ।’नागरिकतालाई मान्यता नदिने निर्वाचन समितीको निर्णयले यो निर्वाचन सिण्डीकेट पक्षघरहरुको संस्थागत कब्जा गर्ने रणनिती स्पस्ट बुुझ्न सकिने उनले बताए । सिन्डीकेट विरुद्ध ब्यापारी ब्यबसायीको पक्षबाट उमेद्धारी दिएका शिवराज श्रेष्ठले भने स्वतन्त्र र निस्पक्ष प्रतिस्प्रधामा आउन चुुनौती दिएका छन् । निर्वाचन फेयर हुनुुपर्छ,हारको मानसिकताले संस्थालाइ कब्जा गर्न खोज्नुु ब्यापारी ब्यबसायीको स्वतन्त्रतामाथि प्रहार गर्नुु हो उनले भने ।
आज उद्योग बाणिज्य सघंको गरिमा निकै खस्केको छ,ब्यापारी ब्यबसायीको पक्ष कुुनैपनि मुुद्धाहरु उठ्न छोडेका छन्,यो संस्थाको उदेश्य प्रशासनको चाकडी गर्ने हैन,ब्यबसायीको हित गर्ने हो अध्यक्षका उमेद्धार शिवराज श्रेष्ठले आफुुले आयोजना गरेको पत्रकार सम्मेलानमा भनेका थिए ‘ अब पनि उद्योगी र ब्यबसायीको पक्षमा आवाज नउठाउने हो भने यो संस्थाको अस्तिस्व खतरामा पर्छ । आफुु पदमा रहदा र नरहदापनि ब्यापारी ब्यबसायीकै पक्षमा सक्रीय रहदै आएको बताउदै यो पटक चुुनाव जितेर गएपछि सघंलाइ साझा बनाउने र उद्योगी ब्यापारीका मुुद्धा उठाएर समाधान गर्न लागि पर्ने बताए । आफ्नो चुुनाब जित्ने आधारपनि उद्योगी ब्याबसायीनै भएको उनले बताएका थिए ।
सिन्डिकेट पक्षबाट उमेद्धारी दिइएको भनिएका अध्यक्षका उमेद्धार गोपाल श्रेष्ठले भने आफ्नो पक्षमा पुर्व अध्यक्ष र बर्तमान कार्यसमिती रहेको बताए । उनको यो भनाइबाट पनि उनी ब्यापारी ब्यासायी प्रति भन्दापनि पुर्व अध्यक्षहरु प्रति उत्तरदायी भएको बुुझ्न सकिन्छ । उनले ब्यापारीलाई समस्या पर्दा आफुु जहाँपनि पुुग्ने गरेको बताए । सुुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुुमार मिश्रले सामान्यताया सरकारी परिचय खुुल्ने परिचयपत्रबाट मतदान गर्न पाउनुुपर्ने बताए ।यो विषयमा उजुुरी आएको छैन,सामान्यतया सरकारी परिचयपत्रका आधारमा मतदान गर्न पाइन्छ ।