धरान/ भोजपुरको आमचोक–३ मा चट्याङ लागेर गम्भीर घाइते भएका एकै परिवारलाई आमचोक सरोकार समाज, सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

गत साता चट्याङ लाग्दा ४० वर्षीय भरत राई, उनकी श्रीमती देविका र छोरी सुरक्षा तीनै जना गम्भीर घाइते भएका थिए। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

पीडित परिवारको उपचारका लागि समाजले विशेष सहयोग अभियान सञ्चालन गरेको थियो। अभियानमार्फत संकलित ४ लाख २० हजार रुपैयाँमध्ये आइतबार ३ लाख ६० हजार रुपैयाँ परिवारलाई प्रदान गरिएको समाजका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए।

उनका अनुसार बाँकी रकममध्ये ३५ हजार रुपैयाँ क्यान्सर पीडितलाई सहयोगस्वरूप प्रदान गरिएको छ भने २५ हजार रुपैयाँ एम्बुलेन्स खरिदका लागि छुट्याइएको छ।

अध्यक्ष राईले गम्भीर अवस्थाको परिवारलाई आर्थिक राहत पु¥याउने उद्देश्यले सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुप्रति आभार प्रकट गरेका छन्।

साथै, उनले विरामीहरूको सहज उपचार पहुँच सुनिश्चित गर्न आमचोक सरोकार समाजले चाँडै एम्बुलेन्स खरिदको अभियान अघि बढाउने जानकारी पनि दिएका छन्।

1000044967