धरान / राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्र्टीहरु आफ्नो फाइदामा लागेको कारण देशका युवाहरु पलायन भएकोे बताएका छन । इलामको चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीले राष्ट्रको भन्दा आफ्नो फाईदाका लागि काम गरेकै कारण युवाहरु पलायन हुन बाध्य भएको बताएका हुन् ।

उनले ठूला राजनीतिक दलबाट युवाहरुको अपेक्षा मरेको बताउदै युवालाई स्वदेशमै केही गर्नुपर्छ भनेर योजना ल्याउन आवश्यक रहकेो बताए ।

उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी जस्ता पार्टीले देशको विकास हुने कुनै उल्लेख्य काम नगरेको बताउदै भोट हाल्दा विचार पु¥याएर नहाले पुन ः विगतकै जस्तो हविगत दोहोरिने बताए ।

उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुर्दैन, हामीले सही नेतृत्व चयनमा चुकेका छौं, यसपटक सुझबुझ ढंगबाट भोट हाल्नुपर्छ ।’

उनले हाल देशमा भ्रष्टाचार मौलाएको, बिकृति बढेको र जनताले दुःख पाएको भन्दै अब जनताले अब सही दल, सही नेतृत्व छान्नुपर्नेमा जोड दिए । इलामका जनताले जिताएका नेता प्रधानमन्त्री, मन्त्रि र उच्च ओहदामा पुग्दा पनि इलाममा विकास नभएको भन्दै उनले निकै बिचार गरेर आफ्नो मत प्रयोग गर्न जनतालाई आग्रह गरे । अब पनि कांग्रेस कम्युनिष्टले मत पाउनु भनेको आफु मात्र नभएर आउने पुस्ता समेत पछि पर्ने भन्दै विचार गरेर भोट हाल्न आग्रह गरे । पार्टीभन्दा माथी देश भएको भन्दै उनले देशको विकासमा कुनैपनि पार्टीका नेताहरु नलागेको हुँदा अव भोट हाल्न सोच्नुपर्ने बताए । लिङ्देनले हाल कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आफ्ना नेताहरुले आफुसँग केही गर्न नसकेको गुनासो गर्ने गरेको भएपनि भोट परम्परागत रुपमा नै लगाएका कारण केही दलमात्र अगाडी बढेको धारणा राखे ।