धरान।नेकपा एमालेका केन्दीय सदस्य एवम् पुर्वमन्त्री भानुभक्त ढकालले  आगामी मंशीर ४ गते हुने चुनावपछि एमाले पार्टीलाई सरकार वनाउनको लागि कसैले नरोक्ने वताएका छन् । 

 सोमबार संविधान दिवसका अवसरमा  एमाले धरान नगरकमिटीले आयोजना गरेको नगरको विस्तारित वैठक एवम् प्रशिक्षण कार्यक्रम नेता ढकालले सो कुरा वताएका हुन् । उनले यस अघिको स्थानीयत चुनावको मत परिणामलाई दावी गर्दै सो कुरा वताएका हुन् । मंशीर ४ गते हुने निर्वाचनमा नेपाली जनताले एमाले पाटीको सरकार निर्माण गर्नको लागि मत दिएर देश हाँक्ने जिम्मेवारी फेरी पनि आउने वताएका छन् । नेता ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वनेको वहुमतको सरकारले अघि सारको परिवर्तन, विकास र समृद्धि नेपालको परिकल्पनालाई पुरा गर्नको लागि यस अघिको स्थानीय चुनावमा ३४ प्रतशत जनताले दिए, जुन मत प्रतिशत ०७४ को भन्दा वढी मत हो,उनले भने ।२०७४ को चुनावमा ३३ प्रतिशत मत एमालले प्राप्त गरेको थियो । 

आगामी मंशीर ४ गते हुने निर्वाचनमा एमालले जनताको ६ प्रतिशत मत प्राप्त गरेको खण्डमा एमाले नेतृत्वमा सरकार वन्ने ठोकुवा समेत गरेका छन् । उनले भने,“अव एमालेको सरकार फेरी पनि वन्ने छ, हाम्रो नेतृत्वको सरकार वन्न कसैले रोक्दैदन , नेपाली जनता एमालेको पक्षमा छन्,त्यसैले चुनावी अभियानमा हामी होमि सकेको छौं, आगीमी चुनावमा जित्नेछौ   ।”देशभर ८ लाख ५५ हजार एमालेको संगठित रहेको वताउँदै नेता ढकालले अव मंशीर ४ गतेको चुनावका लागि गाउँ नगर सवै तह तप्काका नेता कार्यकर्ताले एक व्यक्ति , २ जनाको भोट र कम्तीमा ५ जनालाई एमालेको समर्थनमा ल्याउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रिय कमिटीको वैठकले एक जना एमाले कार्यकर्ताले कम्तीमा २ जना नयाँ कार्यकर्तालाई भेट्र चुनावी अभियानमा अघि वढ्नको लागि निर्देशन समेत दिएका छन् ।त्यसैगरी उम्मेद्धवारको संवन्धमा पनि नेता ढकालले एमालले विवाद रहित ढंगले उम्मेद्धवार छनौट गर्ने पनि बताए । आँकाक्षीहरु धेर्रै जना हुनु हुन्छ, तर जो भएपनि पाटीलाई जिताउनको लागि सवै लाग्नु पर्ने वताएका छन् ।