काठमाण्डौ । आमागी मंशीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशैभरका जिल्लाहरुमा निर्वाचन अधिकृत नियक्त गरि परिचालन गरेको छ ।

ECN_1-scaled

जिल्लाका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेर परिचालन गरेको हो ।नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ ।

 प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।सुनसरी क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याल नियक्त भएका छन् । उनी सर्वोच्च अदालतको इजालस अधिकृत हुन ।