धरान । धरान–९ स्थित पुतलीलाइनमा कालिज रेष्टुरेन्ट खुलेपछि कालिज पारखीहरुलाई सहज भएको छ  । २ करोडमाथीको लगानीमा खुलेको कालिज रेष्टुरेन्टमा आफ्नै फर्ममा उत्पादन भएका कालिजको परिकार विक्री गर्ने उद्देश्यले रेष्टुरेन्ट खोलिएको हो ।

धरानबाट करिब १२ किलोमिटरको दुरीमा पर्ने मोरङको केराबारीमा कालिज फर्म रहेको छ । धरान–६ का विवेक भट्टराई र विवश भट्टराई दाजुभाइले खोलेको रेष्टुरेन्टमा कालिज बाहेक खसिको पक्कु, विभिन्न सेकुवा, कडकनाथ कालो कुखुरा, बट्टाइ, टर्की लगायतका मासुका परिकारहरु पाइने छ । ‘आफ्नै अर्गानिक फर्म उत्पादन भएको कालिज, खसी, कडकथान, बट्टाइ, टर्कीहरुको परिकार हुने भएकोले स्वादिष्ट र सुलभ मूल्यमा विक्रि गर्न पाइन्छ ।’ –सञ्चालक विवेक भट्टराई भन्नुहुन्छ । धरान–९ पुतलीलाइन सैनिक चोकमा रहेको रेष्टुरेन्टमा एकै पटकमा ८० जना भन्दा बढीलाई सर्भिस दिन सकिने क्षमता रहेको सञ्चालक भट्टराईले जानकारी दिनुभयो । सञ्चालक विवश भट्टराईका अनुसार 

दक्ष र अनुभवी सेफको सर्भिस हुने भएकोले परिकार पनि स्वादिष्ट हुने उनीहरुको दाबी छ ।