काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दायर रिटको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

उक्त इजलासका लागि पेसी सूचीको अन्तिममा यो रिटको पालो राखिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।

तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।