२७ भदौ, काठमाडौं । स्मार्टफोन निर्माता चिनियाँ कम्पनी साओमीले स्मार्ट सिरानी सार्वजनिक गरेको छ ।

क्राउड फन्डिङ अभियानको माध्यमबाट साओमीले MIJIA नामक स्मार्ट सिरानी तयार गरेको हो ।

उक्त अभियान चीनमा सेप्टेम्बर ७ मा साओमी मलबाट सुरु गरिएको थियो ।

उक्त स्मार्ट सिरानीमा पाइजो इलेक्ट्रिक सेन्सर राखिएको छ । यसले मुटुको चाल, सरीरको चाल लगायतका अन्य विभिन्न गतिविधि ट्रयाक गर्न सक्दछ ।

MIJIA स्मार्ट सिरानीको मूल्य २ सय ९९ चिनिया युआन राखिएको छ । क्राउड फन्डिंग अभियानमा यो सिरानी प्रिअर्डरका लागि उपलब्ध छ जसमा यो सिरानी २ सय ५९ युआनमा खरी दगर्न सकिन्छ ।

यो स्मार्ट सिरानी १० र २० सेन्टिमिटर गरी दुईवटा साइजमा उपलब्ध छ ।

प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेस ट्रयाक गर्नसक्ने यो सिरानीमा आर्टिफिसियल इन्टेलिजेनस अल्गोरिदम रहेको छ । यसले मुटुको चाल, सरीरको मुभमेन्टसँगै स्वास फेर्ने क्रियाकलाप र घुर्ने बानी समेत ट्रया कगर्दछ । साथै यसले प्रयोगकर्ताको निद्राको ढाँचामा पनि निगरानी गरी कुन बेला निद्रा गहिरो थियो र कतिबेला बिग्रियो भन्ने जानकारी दिन्छ ।

साओमीको यो स्मार्ट सिरानीमा ब्लुटुथ कनेक्टिभिटी दिइएको छ, जसलाई स्मार्टफोनसँग कनेक्ट गरेर नियन्त्रण गर्न सकिन्छ । यसमा राखिएको ब्याट्री फूल चार्ज भएपछि ६० दिनसम्म टिक्ने बताइएको छ । यो सिरानीमा एन्टीब्याक्टेरियल प्रोटेक्सन उपलब्ध रहेको र यसलाई धुन समेत मिल्ने दाबी कम्पनीको छ । एजेन्सीको सहयोगमा