विराटनगर ।१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् । राईले खोटाङका परिवर्तन राईलाई नियुक्त गरेका हुन् ।   यस अगाडी मुख्य न्याधिवक्ता रहेका भोजराज श्रेष्ठले राजिनामा दिएपछी मुख्यमन्त्री राईले उक्त स्थानमा अधिवक्ता राईलाई नियुक्त गरेका छन् ।  नवनियुक्त मुख्य न्यायाधीवक्ता राईलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ गराएका छन्  ।

को हुन न्यायाधिवक्ता राई ? 

मुख्य न्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका छन । २० वर्षदेखि कानुन ववसायीका रुममा काम गरिसकेका नवनियुक्त मुख्य न्यायाधिवक्ता राईले एमएल सम्मको अध्ययन गरेका छन । खोटाङको साकेला गाउँपालिका – २ स्थायी घर भएका परिवर्तन नेकपा एस निकट कानुन व्यावसायी हुन ।