दमक ।  झापाको शिवसताक्षी–८ का बोनम्यारो क्यान्सरबाट पीडित २८ वर्षीय विशाल दुमी राईको सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पनन भएको छ ।

दमकको सरस्वती मावि मैदानमा असोज १० गते  सोमबार ‘मुस्ताङ मनोरञ्जन धमाका २०२२’ सम्पन्न भएको हो ।चर्चित गायक राजेशपायल राईसँगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिएका छन् । कार्यक्रममा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।कदम थिएटर र थैली इन्टरटेन्मेन्टको आयोजना तथा सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको कार्यक्रममा समाजसेवी तथा कलाकार त्रिभुवन लुम्फुङ्वा लिम्बुले पिडित राईको परिवारलाई ६० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । त्यस्तै याक्थुङ सिंगक फाउन्डेसनको तर्फबाट गीतकार मिना सिंगकले नगद ५ हजार प्रदान गरिन् । ै स्थानीय गुरु टोली लगायतका विभिन्न समूहहरुले पनि सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायक राजेशपायल राईले आफ्नो तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रमबाट उठेको रकममा न्युनतम रकम पिडित राईको उपचारमा खर्च गरिने आयोजक समितिका भुपेन्द्र तुम्बाहाङ्फेले बताए ।  राईको रगत ट्रान्स्प्लान्टको लागि ३५ लाख लाग्ने उनको परिवारले जनाएको छ ।