धरान । आगामी मंशीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ लाई  लक्षित गरी निर्वाचन अधिकृतको कार्यालयमा धरानमा स्थापना गरिएको छ । 

322

विहीबार धरान ८ स्थित सभागृहमा निर्वाचन अधिकृतको कार्यालय रहने गरी सुनसरी जिल्लाको निर्वाचन प्रमुख अर्जुन अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष उपस्थितीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो । कार्यालयको वोर्ड राखेर उद्घाटन गरिएको हो । 

33

वोर्ड उद्घाटन पछि निर्वाचन प्रमुख अधिकारीले सुनसरीको ४ स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको र अव सम्पुर्ण निर्वाचन संवन्धी कामहरु अघि वढ्ने वताएका छन् । उनका अनुसार निर्वाचन कार्यालयको तालिका अनुसार असोज २३ गते उम्मेद्धवारको मनोनयन दर्ता भए पश्चात निर्वाचनको कामहरु तीव्र रुप अघि वढ्ने वताए ।

त्यसका लागि निर्वाचनलाई भयरहित ,शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सवै तह र तप्कालाई सहयोग गर्न पनि आग्रह गरेका छन् । क्षेत्र नम्बर १ का  निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याल रहेका छन् ।