धरान ।मंशीर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनको लागि नेकपा एमाले र जनता समाजवादी पार्टी वीच चुनावी तालमेलको चर्चाले एमाले धरानमा तरंग उत्पन्न भएको छ ।

जसपासँग चुनावी तालेमेल हुने पक्का–पक्की हुँदा धरानमा सुनसरी क्षेत्र नम्बर –१ मा त्यसको असर नेकपा एमालेलाई  पर्ने नेताहरु वताउँछन् ।संघ र प्रदेश दुवैमा प्रभाव पार्ने भएकाले तालमेलको गर्दा विवेक पुरयाएर गर्नु पर्ने भन्दै स्थानीय एमाले नेताहरु रुष्ट वनेका छन् ।नेकपा एमाले सुनसरी सचिवालय सदस्य एवम् धरान उपमहानगर कमिटीका इन्चार्ज एवम् नारायण सुवेदीले विवेक नपुरयाई गरेको तालमेलले परिणाम के ल्याउँछ भन्ने कुरा केन्द्रका नेताहरुले सोच्नु पर्ने वेला आएको वताए ।उनले भने,‘चुनाव हो,रियालिटी ग्राउण्डमा के छ,त्यो कुरा केन्द्रका नेताहरुले वुझ्न पर्छ,भाग बण्डाको नाममा नेताहरु माथि मात्रै मिलेर हुदैन,त्यसैले परिणाममा हेक्का राख्नु नै वुद्धिमता हुनेछ।’सुनसरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट एक्लो उम्मेद्धवार जय कुमार राई छन् । यता जनता समाजवादी पार्टीबाट नेता असोक राई छन् भने प्रदेशमा एमालले उम्मेद्धवारको नाम टुङ्गो लगाउन नसकिरहेको अवस्थामा भाग बण्डा गर्दा संघ र प्रदेश दुवैमा असर पर्ने देखिएको छ । जसपा धरान नगर अध्यक्ष ताजुब लिम्वु अनुसार चुनावी तालमेल जे पनि हुन सक्ने भन्दै धरानमा यदि चुनावी गठवन्धन भएको खण्डमा अशोक राईको संभावना वढेर गएको वताउँछन् ।

केन्द्रमा जसपा र एमालेबीच चुनावी तालमेलको आज (शुक्रबार) हुने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अुनसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको हो।