धरान ।तालमेल गरेर चुनावमा जाने भएपछि धरानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले विद्रोह शुरु गरेका छन् । 

पार्टीको निर्णय प्रति असन्तष्टि व्यक्त गर्दै धरानका एमाले नेताहरुमा असन्तुष्टि मात्रै होइन,गठवन्धनको उम्मेद्धवारलाई चुनौती दिने गरि छुट्टै उम्मेद्धवारी दिएका छन् ।    

निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच तालमेल हुने भएपछि बिभाजित समुहले धरानका मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेद्धवार वनाएर घोषणा नै गरेको छ । धरान ८ स्थित कन्चनजंगा होटलमा एक औपचारिक कार्यक्रम गरि मेन्याङवोले संघीय निर्वाचनको निम्ती उम्मेद्धवारीको घोषणा गरेका छन् । कार्यक्रममा मेन्याङ्बोले भने,‘हामी पार्टी प्रति निरन्तर पार्टीको निर्णय मानेर अघि वढ्यौ,तर तालमेलको नाममा पार्टीका शीर्ष नेताहरुले गद्धार गरे,त्यसको विरुद्धमा मेरो उम्मेद्धवारी हो ।’ मेन्याङ्बो नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य हुन। उनी धरान नगरपालिकाको पुर्व मेयर समेत भएका थिए ।जनता समाजवादी पाटी र एमाले बिच तालमेल गर्दा सुनसरी क्षेत्र नम्बर १ समाजवादीको भागमा परेको छ ।

समाजवादी पार्टीले असोक राईलाई अघि सारेको छ । एमालेका जय कुमार राई आउट भएका छन।