धरान निर्माणका सूत्रधार मनोजकुमार मेन्याङ्बो आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा जबरदस्त उम्मेदवारका रुपमा अगाडि आएका छन् । 

स्थानीय तहको निर्वाचनमा अन्तिम समयमा आउट भएका मेन्याङ्बो संघीय तथा प्रदेश निर्वाचनमा समेत मौन प्रायः थिए । तर नेकपा एमाले र  जनता समाजवादी पार्टीबीच तालमेल गरेर चुनावमा जाने भएपछि धरानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले विद्रोह शुरु गरे ।

Manoj Menyangbo Umedawari Dharan (6)

यो विद्रोहका बीच धरानका पूर्व मेयर मनोज कुमार मेन्याङ्बो उम्मेदवारका रुपमा खडा भएका छन् । मनोज कुमार मेन्याङ्बोलाई आधुनिक धरानका सूत्रधारका रुपमा चिनिन्छ । मुलुकमा पहिलो पटक जनसहभागिता र जनश्रमदानको नगरका रुपमा धरानलाई विकास गर्न मेन्याङ्बोले योगदान गरेका थिए । अहिले पनि धरानका पक्की सडक र विकास निर्माण मेन्याङ्बोकै अवधारणाअनुसार ६०–४० को लागत सहभागितमा हुँदै आएको छ ।

धरान निर्माणमा योगदान दिएका पुराना वामपन्थी नेता मेन्याङ्बो कम्युनिष्टको लालकिल्लालाई बचाई राख्न योगदान गर्ने नेता हुन् । तर विगत दशकदेखि छायाँमा परेका मेन्याङ्बो गत स्थानीय तहको निर्वाचनदेखि उम्मेदवारको आकांक्षीका रुपमा देखा परेका थिए । 

Manoj Menyangbo Umedawari Dharan (1)

उनको यो व्यक्तिगत आकांक्षाभन्दा योग्य उम्मेदवारको खडेरीमा नेता कार्यकर्ताद्वारा अघि सारिएको नाम थियो । तर पार्टीको केन्द्रीय नेतृत्वले विश्वास नगरेपछि पुनः एकपटक धरानमा ‘पुराना आरावालको  आगमन’ लाई संघीय निर्वाचनमा उम्मेदवारको रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

किन आए मनोज मेन्याङ्बो ?

नेकपा एमाले केन्द्रको व्यक्तिवादी सोचका कारण मनोज मेन्याङ्बो बागी उम्मेदवारका रुपमा आएका हुन् ।  

नेकपा एमाले जिल्ला कमिटीले विकल्परहित उम्मेदवार छनोट गरी जयकुमार राईको नाम सिफारिस गरे पनि गठबन्धनका नाममा जसपासँग तालमेल गरी नेता अशोक राईलाई उम्मेदवार छनोट गरेको भन्दै धरानमा एमालेभित्रै विद्रोह भएको हो । 

Manoj Menyangbo Umedawari Dharan (2)

बागी उम्मेदवारका रुपमा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा धरानका पूर्व नगर प्रमुख मनोज मेन्याङ्बोले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीले निर्णय नसच्याए आइतबार स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गर्ने घोषणा गरे । 

पार्टीको निर्णय प्रति असन्तुष्ट धरानका एमालेवृत्तमा असन्तुष्टि मात्रै पैदा भएन, गठबन्धनका उम्मेदवारलाई समेत चुनौती दिने गरी छुट्टै उम्मेदवारी दिने घोषणा गरिएको छ । 

निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच तालमेल हुने भएपछि विभाजित समुहले धरानका मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवार बनाएर घोषणा गरे । 

Manoj Menyangbo Umedawari Dharan (8)

धरान ८ स्थित ताप्लेजुङ सुनसरी सरोकार समाजको हलमा औपचारिक भेला गर्दै  मेन्याङबोले संघीय निर्वाचनको निम्ति उम्मेदवारीको घोषणा गरे । 

जनता समाजवादी पार्टी र एमालेबीच तालमेल गर्दा सुनसरी क्षेत्र नम्बर १ जनता समाजवादीको भागमा परेको छ । समाजवादी पार्टीले अशोक राईलाई अघि सारेको छ । एमालेका जयकुमार राई आउट भएका छन् । घोषणापछि सुनसरी १ मा तरंग पैदा भएको छ । 

क्षेत्रमा भने प्रदेश सभा क मा रमेश बस्नेत  र खमा विजयकुमार राईलाई भने असन्तुष्ट समूहले समेत स्वीकार गर्ने बताएका छन् ।

उद्योगी व्यावसायीको समर्थन

Manoj Menyangbo Umedawari Dharan (5)

धरानमा मनोज मेन्याङ्बोको उम्मेदवारी घोषणा सभामा उद्योग वाणिज्य संघ सुनसरीका निवर्तमान  अध्यक्ष गिरिधारी सापकोटाले समर्थन गरे । 

उनले आफू एमालेको आधिकारिक व्यक्ति नभए पनि आस्थाका आधारमा सहयोग गर्दै आएको बताए । वर्षौंदेखि एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्दै आएकामा अहिले आएर जसपाका छाता चिह्नमा मतदान गर्न नसक्ने बताए । उनले मनोज मेन्याङ्बोको उम्मेदवारीमा खुलेर समर्थन गरेको बताए । 

उद्योग वाणिज्य संघ सुनसरीका निर्वाचित सदस्य राजेश अग्रवाल घोषणा सभामा उपस्थित थिए । त्यस्तै धरानका प्रभावशाली व्यावसायी समाजसेवी केदार अग्रवाल, व्यावसायी नवीन मेन्याङ्बो लिम्बू, कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईलगायतको उपस्थिति थियो । 

जनप्रतिनिधिको समर्थन

Manoj Menyangbo Umedawari Dharan (5)

घोषणा सभामा सुनसरी १ का विभिन्न स्थानीय तहमा नेकपा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष र जनप्रतिनिधिसमेतको समर्थनात्मक उपस्थिति रहेको थियो । धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान ८ का वडाध्यक्ष धनबहादुर राई, बराहक्षेत्र १ का वडाध्यक्ष किसन मगर, बराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतमको उपस्थिति थियो । पूर्व वडाध्यक्षहरु बराहक्षेत्र ५ का राजु अधिकारी, धरान १६ का दिलकुमार गिरीलगायतको उपस्थिति थियो ।

एमालेका नेता कार्यकर्ताको समर्थन

धरानमा मनोज मेन्याङ्बोको उम्मेदवारी घोषणा सभामा नेकपा एमालेभित्रकै नेता कार्यकर्ताले समेत समर्थन गरेका थिए । एमालेका प्रदेश कमिटी सदस्य किशोर कुमार कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया, एमालेका स्थानीय नेताहरु घनश्याम तिम्सिना, पहलमान बस्नेत, फिरोज अली, कृष्ण ठाकुरका साथै राष्ट्रिय युवा संघका नेता कार्यकर्ताको समेत समर्थनात्मक उपस्थिति रहेको थियो । 

Manoj Menyangbo Umedawari Dharan (4)

पछिल्लो समय गठबन्धन गर्ने दलभित्र असन्तुष्टि बढ्दै गएको छ । इटहरीका निवर्तमान मेयर द्वारिकालाल चौधरीले असन्तुष्ट व्यक्त गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा जसपाका अशोक राईलाई उमेद्वारी बनाउने निर्णय गरेसँगै एमालेमा पनि विद्रोह शुरु भएको छ । गठबन्धन गर्दा पार्टीका माथिल्लो तहका नेताले तल्ला कार्यकर्ताहरुको मनोभावना नबुझ्दा पार्टीभित्र अन्तर विद्रोश हुरु भएको कार्यकर्ताहरु बताउँछन् ।