धरान । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज गर्ने दिन हो । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार  आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्धराहरुले उम्मेदवारी दर्ता गर्दैछन् । सुनसरी सहित धरानमा पनि आज विहान १० वजेदेखि उम्मेद्धवारी दर्ता हुदैछ । धरानमा विभिन्न राजनीतिक पाटीका उम्मेद्धवार सहित स्वतन्त्र उम्मेद्धवारले उम्मेद्धवारी दर्ता गर्दैछन् । नेकपा एमालले उम्मेद्धवारहरु सहित दिउँसो १ वजे पार्टी कार्यालय भेला भएर उम्मेद्धवारी दर्ता गर्दैछन् ।

एमालेको गठवन्धन जनता समाजवादी पार्टीसँग भएकाले असोक राई संघीय उम्मेद्धवार, प्रदेश सभा उम्मेद्धवार क तर्फबाट रमेश कुमार वस्नेत,ख तर्फबाट विजय राई र समानुपातिक उम्मेद्धवार सहित उम्मेद्धवारी मनोनयन गर्दैैछन् । त्यसैगरि काँग्रेस माओवादी यहितको गठवन्धनको उम्मेद्धवारले २ वजेर ३० मिनेटमा उम्मेद्धवारी मनोनयन गर्ने नेपाली काँग्रेस धरान उपमहानगर नगर सभापति श्याम पोख्रेलले वताए । उनका अनुसार प्रदेश सभा क वाट उमेश थापाको नाम टुङ्गो लागेको छ भने ख बाट अझै सम्म नाम टुङ्गो लाग्नु सकेको छैन । संघीय उम्मेद्धवार काँग्रेसको गठवन्धनबाट माओवादीका मुक्साहाङ मेन्याङ्बोलाई अघि वढाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय उम्मेद्धवार राजेश खेम्दुङ,प्रदेश सभाको लागि क बाट उद्धव श्रेष्ठ र ख बाट अनिश ढकाललाई उम्मेद्धवार वनाएको छ । राप्रपाले ३ वजे मनोनयन दर्ता गराउँदैछ । स्वतन्त उम्मेद्धवारहरुले पनि मनोनयन दर्ता गराउँदैछन् । नेकपा एमालेबाट विद्रोह गरेका स्वतन्त्र उम्मेद्धवार मनोज मेन्याङबोले विहान ११ वजे भानुचौकमा भेला भएर मनोनय दर्ता गराउने निर्वाच्न परिचालन कमिटीका संयोजक किसोर कुमार कार्कीले वताए । त्यसैगरि  स्वतन्त्र उम्मेदवार समिर, तर्क बहादुर र हेमचन्द्र उम्मेदवारले १० वजे   मनोनयन दर्ता गर्नु कार्यक्रम रहेको सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् । स्वतन्त्र उम्मेद्धवार कुमार कार्कीले दिउसो १ वजे मनोनयन दर्ता गर्दैछन् । धरान ८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा विहान १० वजेदेखि मनोनयन दर्ता हुदैछ ।  

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।