सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र दुई प्रदेश सभाको ३ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । 

प्रतिनिधि सभाका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभा ‘क’ का लागि ११  जना र ‘ख’ तर्फ १० जनाले उम्मेदवारी दर्ता गराएको सुनसरी क्षेत्र नम्बर १ का मतदान अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए । 

Umedawari manonayan sunsari 1 (2)

हर्क साम्पाङको समर्थनमा स्वतन्त्र उम्मेदवारी

स्वतन्त्र उम्मेदवारका रुपमा धरान उपमहानगरपालिकाका नगर प्रमुख विजयी भएका हर्कराज राई उर्फ हर्क साम्पाङको टिमले समेत स्वतन्त्र उम्मेदवारी दिएको छ ।  

साम्पाङको उपस्थितिमा स्वतन्त्र उम्मेदवारहरु तर्कबहादुर मगरले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गरेका छन् । यस्तै समीर तामाङले प्रदेश सभा ‘क’ र हेमचन्द्र राईले प्रदेश सभा ‘ख’का लागि मनोनयन दर्ता गरे । 

Umedawari manonayan sunsari 1 (3)

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष रहेका सुकुम्बासी नेता कुमार कार्कीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनय दर्ता गरेका छन् । 

उनकै प्यानलबाट प्रदेश सभा ‘क’मा खगेन्द्र श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने प्रदेश सभा ‘ख’मा नेकपा माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवारका रुपमा कमलबहादुर कट्वालले उम्मेदवारी दिएका छन् ।  

Umedawari manonayan sunsari 1 (4)

बागी उम्मेदवारी 

नेकपा एमालेबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोले बिहान ११ बजे भानुचोकमा भेला भएर ¥यालीसहित धरान ८ स्थित सभागृह पुगेर मनोनय दर्ता गराए छन् । 

नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा ‘ख’का लागि रोहित सुब्बाले बागी उम्मेदवारी दर्ता  गराए । उनी नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि एवम् तरुण दलको सुनसरी जिल्ला उपाध्यक्ष समेत हुन् । 

Umedawari manonayan sunsari 1 (6)

तालमेल र गठबन्धनको उम्मेदवारी

एमाले र जनता समाजवादी पार्टीसँगको तालमेल अनुसार जसपा नेता अशोक राईले संघीय उम्मेदवारमा मनोनय गरेका छन् । प्रदेश सभा उम्मेदवारमा प्रदेश सभा ‘क’बाट रमेशकुमार बस्नेत र ‘ख’तर्फ विजयकुमार राईले उम्मेदवारका लागि मनोनयन दर्ता गरेका छन् । 

Umedawari manonayan sunsari 1 (8)

नेपाली कांग्रेससहितको गठबन्धनबाट माओवादीका नेता मुक्सामहाङ मेन्योङ्बोले प्रतिनिधि सभाको लागि मनोनय दर्ता गरेका छन् भने प्रदेश सभा ‘क’बाट उमेश थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अन्तिम समयमा नेकपा एकीकृत समाजवादी पार्टीका रेवतीरमण राईलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । राईले प्रदेश सभा ‘ख’बाट मनोनयन दर्ता गरेका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय उम्मेदवारमा राजेश खिम्दुङलाई अघि सारेको छ । प्रदेश सभाका लागि ‘क’बाट उद्धव श्रेष्ठ र ‘ख’बाट अनिश ढकाललाई मनोनयन दर्ता गराएको छ ।

Umedawari manonayan sunsari 1 (7)

आज आइतबार मनोनयन दर्ता गरेपछि उम्मेदवारको विपक्षमा दाबी विरोधका लागि असोज २४ गते उजुरी दिइनुपर्ने निर्वाचन अधिकृतको कार्यालयको कार्यतालिका छ । 

२४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते अन्तिम नामावली प्रकाशन हुनेछ कार्यतालिका छ ।

Umedawari manonayan sunsari 1 (1)