धरान।जनता समाजवादी पार्टी नेपालको १ नम्वर प्रदेश कार्यालय इटहरीमा तालाबन्दी भएको छ ।

311337594_776957373386960_2937466048223477274_n

पार्टीको भातृ संगठन शिल्पि विशेष समिती १ नम्बर प्रदेशले पार्टी कार्यालयमा आज(सोमबार) तालावन्दी गरेको हो । मंशीर ४ गते हुने संघ तथा प्रदेश  निर्वाचनको समानुपातिक उम्मेद्धवार छनौटमा असन्तुष्टि जनाउँदै तालावन्दी गरेको समितीका अध्यक्ष नरेश विश्वकर्मा र  सचिव शशि विश्वकर्माद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 

विज्ञप्तीमा भनिएको छ,‘प्रदेश समितीले निर्णय गरि पठाएको समानुपातिक उमेदवारको नामलाई वेवास्ता गरेको र नामावाली वन्द सुचीमा पठाउँदा प्रदेश समिती समितीसँग कुनै समन्वय नगरि गरिएकाले घोर आपती सहित पार्टी केन्द्रले अपमान गरेकाले तालावन्दी गरिएको हो ।’

पार्टीले समानुपातिक उम्मेद्धवारको नाम वन्द सुचीमा पठाउँदा नाताबाद र चाकडी गर्नेहरुलाई प्राथमिकतामा राखेको भन्दै विरोध जनाएको हो । प्रदेश समिती अध्यक्ष नरेश विश्वकर्माका अनुसार पार्टी केन्द्रले लिखित रुपमा समितीलाई जवाफ नदिए सम्म तालावन्दी जारी रहने वताए ।