आसन्न मंशीर ४ गते संघ तथा प्रदेश सभाको माहोल प्रति मतदाता उत्साहित छैनन् ।
चुनाव जितेर गएका नेताहरुप्रति नै उनीहरुमा विश्वास छैन। आम जनताहरुले नयाँ पुस्ता खोज्न थालेका छन् । राजनीतिक दलप्रती वितृष्णा बढ्दो र स्वतन्त्र उम्मेदवार प्रती आकर्षण देखिएको छ ।
धरान लाइभको कार्यक्रम सडक आवाजमा हामीले धरानका केही प्रतिनिधि नागरिकलाई आगामी निर्वाचनमा कस्ता उम्मेदवारलाई जिताउनु पर्ला ? भनेर प्रश्न गरेका छौं । प्रस्तुत छ, सोको जवाफ ।




















