धरान ।  निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।तर अन्तिम नामावाली भने भोली मात्रै प्रकाशन गरिने आयोगले जनाएको छ । 

धरानमा पनि उम्मेद्धवार आज साँझ ५ वजे उम्मेद्धवारको नामावाली प्रकाशन गर्ने छ । तर निर्वाचन आयोगको तालिका अनुसार भोली मात्रै अन्तिम नामावाली प्रकाशन गरिने सुनसरी क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत रुद्र प्रासद आर्यालले वताए । उनका अनसार  सुनसरी क्षेत्र नम्बर १ मा ४९ जनाले उम्मेद्धवारी दर्ता गराएका छन् ।

हिजो उम्मेद्धवार विरुद्ध कुनै उजुरी नपरेको अधिकृत अर्यालले वताएका छन् । अर्यालका अनुसार भोली अन्तिम नामावाली प्रकाशन गरिसकेपछि वेलुकी ४ वजे देखि ७ वजे सम्म उम्मेद्धवारलाई चुनाव चिन्ह प्रदान गरिने भएको छ । 

 टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्ति विरुद्ध बागी उम्मेदवार उठेका छन् । आयोगले भोलि बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।  त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको अन्तिम सङ्ख्या टुङ्गो लाग्ने छ ।

चुनावका लागि देशभरबाट ६ हजार २ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाका लागि २ हजार ५ सय २६ जनाको र प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । चुनाव आउन अब ४० दिन बाँकी छ ।