मुलुक निर्वाचनमा होमिएको छ । मनोनयनको च्याप्टर क्लोज भएको छ भने अब फिर्ता गर्न र गराउनको लागी पहल ( साम , दाम , दण्ड र भेद प्रयोग गरि ) हुदैछ । त्यस पछि प्रचार –प्रसार तिब्र होला । दल भन्दा धेरै स्वतन्त्र एवं बागी समेत छन् । को कति पानीमा आगामी दिनहरुमा देखिनेछ । 

जनताले सबै उम्मेद्वारहरुलाई नजिकबाट नियाली रहेका छन् । यस पटक परम्परागत ढंगले पुर्ख्यौली आस्थाको भरमा भोट खेर नफाल्नेहरुको बोलवाला देखिएको छ । समग्रमा कुन उम्मेद्वार कस्तो भन्ने बारे अन्तिम नामावली प्रकाशन भएपछी सामाजिक संजालमा नै सार्वजनिक छलफल गर्न पनि सकिन्छ । मेरो धारणा पनि राख्ने नै छु । 

अन्तमा , लोकतन्त्रको गुदि सबै नराम्रोहरु मध्ये कम नराम्रो छान्नु हाम्रो बाध्यता हो , यो नमान्नेलाई सम्बिधानमा वा निर्वाचन ऐनमा नभए पनि अस्वीकार गर्ने हक त छदैंछ ।

विकास आचार्यको सामाजिक सन्जालबाट साभार