काठमाण्डौ । आज मंशीर ४ गते संघ तथ प्रदेश चुनावको लागि उम्मेद्धवारको अन्तिम नामावाली प्रकाशन गरि उम्मेद्धवारलाई चुनाव चिन्ह समेत प्रदान गर्ने भएको छ ।  उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।

धरानमा ३ वजे अन्तिम नामावाली प्रकाशन गर्ने छ भने वुलेकी ४ वजेदेखि साँझ ७ वजे चुनाव चिन्ह उम्मेद्धवारलाई प्रदान गर्ने कार्यक्रम रहेको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ ।

 स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिँदा उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका चुनाव चिन्हको समूहबाट चिन्ह प्रदान गरिनेछ ।उम्मेदवारको प्रतिनिधिलाई चुनाव चिन्ह रोज्न लगाइ उनीहरुको रोहवरमा चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

तर, चुनाव चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा उसका प्रतिनिधि उपस्थित नभएमा उपस्थित भएका उम्मेदवार वा उसका प्रतिनिधिले रोजेर बाँकी रहेका चुनाव चिन्हबाट निर्वाचन अधिकृतले चुनाव चिन्ह प्रदान गर्नेछन् ।

एक भन्दा बढी उम्मेदवारले एउटै चुनाव चुनाव चिन्ह रोजेमा त्यस्ता उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई चुनाव चिन्ह प्रदान गरिनेछ ।