धरान ।धरानको चिनारी घण्टाघरको परिकल्पनाकार धरानका पुर्व मेयर मनोज मेन्याङ्बो चुनावी मैदानमा छन् ।

नेकपा एमालेबाट विद्रोह गरेर उनले सुनसरी क्षेत्र नम्बर १ बाट संघीय सदस्यको लागि  स्वतन्त्र उम्मेद्धवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन् । तर उनै मेन्याङ्बोले परिकल्पना गरेर निर्माण सम्पन्न गरेको घण्टाघर यो चुनाबी दौडमा अर्का स्वतन्त्र उम्मेद्धवार कुमार कार्कीले पाएका छन् । मेयाङ्बोले भने चुनाव चिन्ह खरायो पाएका छन् ।

नेकपा एमालेले जसपासँग गठजोड गरेर जसपाका नेता अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट जनाउदै बागी उमेद्वार दिएका मेन्याङ्बोले खरायो चिन्ह चुनाव चिन्ह पाएकोमा खुशी व्यक्त गरे ।

उनले भने–‘म धरानमा नया पनि होइन, आधुनिक धरानको निर्माणमा मेरो भूमिका  रहेको छ,अव फेरी धरानको विकासका लागि म खरायो जस्तै दौडिएर अघि वढ्ने छु ।

’धरानको पहिचान बोकेको घण्टाघर चुनावचिन्हले कार्कीलाई जितको सुनिश्चितातर्फ लगेको उमेद्वार कार्कीले बताए । उनले भने–‘सुनसरी क्षेत्र  नं. १ मा धरानको घण्टाघर नसुन्ने र नघुम्ने प्राय कमै होलान्, सबैलाई घण्टाघर धरानमा कहाँ छ भन्ने कुरामा जोकोहीलाई थाहा छ, यसले मलाई धेरै सहज बनाएको छ ।’