धरान ।नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालवीच भएको चुनावी एकताको रहस्य खुलेको छ । प्रतिनिधी सभा सुनसरी क्षेत्र नम्बर १ का सांसद जय कुमार राईले चुनावी एकताको रहस्य खोलेका हुन् । 

सुनसरी क्षेत्र नम्बर १ को संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनप्रतिनिधीसँगको छलफल कार्यक्रमलाई संवोधन गर्दै सांसद  राईले राष्ट्रिय आवस्यकतालाई मध्यनजर गर्दै जसपासँग चुनावी एकता भएको वताए ।

उनले भने,‘ जनताको आवश्यक्तालाई पुरा गर्न र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि दुवै पार्टीले तालमेल गरि अघि बढेको र देशको आर्थिक विकाशका लागि लिएको लक्ष्य पुरा गर्न सरकारमा रहेर मात्रै पुरा गर्न सकिने भएकाले तालमेल भएकाले तिन जना उम्मेदवारलाई जिताउन आवश्यक रहेको छ ।’ 

कुनै व्यक्तिका लागि नभई नेकपा एमालेले सारेका एजेण्डाहरुलाई कार्यान्यवन गर्नका निम्ती सरकारमा जान आवश्यक भएकाले तालमेल गरिएको उनले बताए ।

उनले भने, उता पट्टि पनि गठबन्धन भएकाले नेकपा एमाले एक्लैले बहुमत प्राप्त गर्न नसक्ने भएकाले राष्ट्रिय आवश्यक्ता अनुसार तालमेल गरिएको हो, त्यसैले प्रतिनिधि सभामा जसपाका अशोक राईलाई छाता चिन्हमा र एमालेको तर्फबाट प्रदेश सभा क र ख मा रमेश कुमार बस्नेत र विजय कुमार राईलाई जिताउन आवश्यक छ ।’

कार्यक्रममा संयुक्त निर्वाचन परिचालन कमिटीका सहसंयोजक प्रकाश राईले एमालेको सरकार बनाउन तालमेल गरिएकाले सबैले पार्टीको निर्देशन अनुसार अघि बढ्न सबैलाई आग्रह गरे ।

त्यसैगरि एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारी सुवेदी, उम्मेदवारहरु अशोक राई, रमेश कुमार बस्नेत र विजय कुमार राईलाई जिताउन उनीहरुले आग्रह गरे ।