आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टी र सुनसरी क्षेत्र नम्बर १ का दुई जना स्वतन्त्र उम्मेदवारबीच चुनावी एकता गरेर अघि बढ्ने सहमति भएको छ । 

शुक्रबार धरानमा सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका संघीय उम्मेदवार कुमार कार्की र प्रदेश सभा ‘क’ तर्फका स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टी बीच ४ बुँदे सहमति भएको हो ।  

Janamukti Swatantra sahakarya dharan live

पार्टीका संघीय परिषद अध्यक्ष केपी पालुङ्वा, स्वतन्त्र उम्मेदवार र निर्वाचन परिचालन कमिटीका संयोजक आइत लिम्बू बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । 

सहमतिका बुँदामा भनिएको छ,– ‘निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी क्षेत्र नम्बर १ संघीय उम्मेदवार कुमार कार्कीलाई चुनाव चिह्न घण्टाघर र प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार खगेन्द्र श्रेष्ठको चुनाव चिह्न पानीको धारामा मतदान गर्ने, स्वतन्त्र उम्मेदवार कार्की र श्रेष्ठले राष्ट्रिय जनमुक्ति पार्टीका समानुपातिक उम्मेदवारको चुनाव चिह्न घरमा मतदान गर्ने, चुनावी तालमेलका लागि अन्य उम्मेदवार तथा दलहरुलाई पनि आह्वान गर्ने र चुनावी अभियानमा कुनै पनि पार्टीको झण्डा प्रयोग गरिने छैन ।’

Janamukti Swatantra sahakarya dharan live 1

कार्यक्रममा स्वतन्त्र उम्मेदवार कार्कीले आफ्नो एजेण्डा मिल्नेसँग जुनसुकै पार्टीसँग पनि तालमेल गर्न सकिने बताएका छन् ।