आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले धरानमा साझा उम्मेदवार घोषणा गरेका छन् । 

सुनसरी क्षेत्र नम्बर १ का लागि संघ तथा प्रदेश सदस्यको लागि संयक्त मूल निर्वाचन परिचालन कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो । 

Dharan UML Jasapa Dharan Live 4

जसपाको संघीय परिषद् अध्यक्ष अशोक राई प्रतिनिधि सभा सदस्य, प्रदेश सभा ‘क’ लागि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य रमेशकुमार बस्नेत, प्रदेश सभा ‘ख’ का लागि एमालेका प्रदेश सचिवालय सदस्य विजयकुमार राई र समानुपातिक उम्मेदवारसहितको उपस्थितिमा साझा उम्मेदवार घोषणा गरिएको छ । 

समानुपातिक उम्मेदवार नेकपा एमालेका तर्फबाट मोतीराज सुनुवार, लहरुमाया जिमी, जसपाका भीम राई रहेका छन् । 

Dharan UML Jasapa Dharan Live 1

Dharan UML Jasapa Dharan Live 2

Dharan UML Jasapa Dharan Live 3

Dharan UML Jasapa Dharan Live 5