निर्माण मजदुरहरु आबद्ध संगठन क्युपेकका अगुवा कार्यकर्ताले राज्यद्वारा मजदुरहरु उपेक्षित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

शनिबार नेकपा एमाले धरान नगर कमिटी मजदुर शाखाले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले सो आक्रोस व्यक्त गरेका हुन् ।

कार्यक्रममा क्युपेक नेपालका केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठले देशैभरका निर्माण मजदुरहरुलाई राज्य र राजनीतिक पार्टीकै कारण उपेक्षा गरिएको भन्दै दुखेसो पोखेका छन् । उनले भने,‘मजदुरहरुको हक अधिकारलाई पुरा गराउने भनेर चुनावी एजेण्डा मात्रै वन्दै आएको छ तर जितेर गएपछि मजदुर सदैव निरासा हुने गरेका छन्,त्यसैले अव चुनावी एजेण्डा पुरा गर्ने उम्मेदवारलाई देशैभरका मजदुरको साथ रहने छ ।’

अगुवा कार्यकता भेलामा नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेद्धवार सुनसरी क्षेत्र नम्बर १ संघीय सांसद उम्मेद्धवार अशोक राईले मजदुरको अधिकारलाई स्थापित गराउन आफु प्रतिवद्ध रहेको वताए । 

उनले भने,‘असंगठित मजदुरलाई संगठित वनाउनको लागि निति,नियम र ऐन वनाउन मेरो भुमिका पनि महत्वपुर्ण रहेको छ, व्यवहारिक कार्यान्यन गर्न गराउनको लागि कठिनाई हुँदै आएको छ, त्यो कठिनाईलाई कार्यान्वयन सवै मिलेर गर्नु पर्छ ।’  

उम्मेदवार राईले एमाले र जसपाको चुनावी सहकार्य राष्ट्रिय आवस्यकता भएको भन्दै आम नागरिकलाई नअल्मलिन पनि आग्रह गरेका छन् । राष्ट्रिय आवस्यकताको आधारमा यस अधि पनि सहकार्य हुँदै आएको र सम्वृद्ध नेपाल र सुखी नेपालीको नारालाई आत्मासाथ गर्दै पुरा गर्न पनि चुनावी सहकार्य आवस्यकता भएको राईले वताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले धरानको राजनीतिमा मजदुरको भुमिका महत्व पुर्ण भएको वताएका छन्।उनले भने,‘मजदुरहरुको अधिकार र हकमा स्थापित गराउन सदैव पार्टी सदैव क्रियाशील रहेको छ,मजदुरले कुनै अन्यौल वन्नु पर्ने अवस्था छैन,यसर्थ मजदुरकै लागि लड्ने र अधिकार स्थापित गराउने उम्मेदवारलाई जिताउन आग्रह गर्दछु।’