काठमाडौं ।  निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

निर्वाचन आयोगले नेपालले चुनावी कार्यक्रम दिएको अभिव्यक्ति  आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन बाँडेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

आयोगले अध्यक्ष नेपालले दिएको उक्त अभिव्यक्तिको भिडियो पनि प्रहरी कार्याललाई उपलब्ध गराएको छ ।

प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिल्ते हे, काठमाडौंमे तलिम मिल्ते है’ भनी सार्वजनिक वक्तव्य दिएका थिए ।